पर्यटन क्षेत्रका २१ सूर्य ध्वजावाहक उम्मेदवार

प्रकाशित मिति :2017-05-10 09:23:53

काठमाडौं

स्थानीय तह अन्तरगत पहिलो चरणको निर्वाचनमा नेकपा (एमाले) ले पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका २१ जनालाई उम्मेदवार बनाएको छ । एमालेले काठमाडौंको नागार्जुन नगरपालिकामा कृष्णहरि खत्रीलाई मेयर, लमजुङको चर्चित घलेगाउँ रहेको क्होला सोंथार गाउँपालिकामा प्रेमबहादुर घलेलाई अध्यक्ष, नवलपरासीको कावासोती नगरपालिकामा प्रेमशंकर मर्दनियालाई उपमेयरको उम्मेदवार बनाएको छ । खत्री नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रीय सचिव तथा सचिवालय प्रमुखसमेत हुनुहुन्छ ।

नागार्जुन नगरपालिकामा मेयर खत्री र लमजुङको चर्चित घलेगाउँ रहेको क्होला सोंथार गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नुभएका  घले नेकपा (एमाले) पर्यटन प्रबद्र्धन विभागका सदस्य हुनुहुन्छ ।

काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेल क्षेत्रको वडा अध्यक्षमा देवेन्द्र रिमाल, वडा नं. १६ क्षेत्रपाटी नयाँबजारमा विश्वराम सापकोटा, पोखरा महानगरपालिका वडा नम्बर ६ लेक साइटको अध्यक्षमा हेमकुमार श्रेष्ठ तथा सदस्यहरुमा नाट्टा पोखराका पूर्व अध्यक्ष विष्णु भट्टराई र पोखरा हानका सदस्य हरिकृष्ण पहारीलाई एमालेले उम्मेदवार बनाएको छ ।
नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा रमेश वस्ती, सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्षमा कविन्द्र केसी, मुगुको खत्याड गाउँपालिका अध्यक्षमा उब्जन शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका उपाध्यक्षमा सुशीला बडुवाल, हुम्लाको अदानचुली गाउँपालिकाको उपाध्यक्षमा सोमती ऐडी, धादिङको नेत्रावती गाउँपालिका वडा नं. ५ को अध्यक्षमा डम्बर अधिकारी, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ को अध्यक्षमा सुजन न्यौपाने, नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ४ को अध्यक्षमा ईश्वर गुरुङ, नवलपरासीको बुलिङटार गाउँपालिकाको अध्यक्षमा पर्यटन पत्रकार मञ्चका अध्यक्ष विद्रोही गिरीलाई उम्मेदवार बनाइएको छ । शाही र बडुवाल कर्णाली पर्यटन प्रबद्र्धन विकास समितिको सदस्यबाट राजीनामा दिएर चुनावमा होमिनुभएको छ ।

त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ काे अध्यक्षमा हिमप्रसाद गुरुङ, माछापुछ«े गाउँपालिका अध्यक्षमा कर्णबहादुर गुरुङ, वडा नम्बर ७ को अध्यक्षमा समबहादुर गुरुङ र सहिद लखन गाउँपालिका अध्यक्षमा मनोज जोशी एमालेकातर्फबाट उम्मेदवार हुनुभएको छ । उहाँहरु चारै जना नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर चारका सदस्य हुनुहुन्छ ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया होमस्टे एशोसियसन नेपालका महासचिव तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रीय सदस्य हुनुहुन्छ ।
केसी नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नं. ६ का सचिव हुनुहुन्छ भने गुरुङ् र न्यौपाने कार्गो व्यवसायमा स्थापित व्यक्तित्व हुनुहुन्छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्यटन प्रवद्र्धन विभाग प्रमूख सूर्य थापाले पर्यटन क्षेत्रका विभिन्न संघसंगठनमा नेतृत्वमा स्थापित पर्यटन व्यवसायीहरुलाई पार्टीले उम्मेदवार बनाएको बताउनुभयो ।

“उहाँहरुले जितेपछि हाम्रो घोषणापत्र कार्यान्वयन गर्न भूमिका खेल्नुहुनेछ” उहाँले भन्नुभयो,–“एमालेले अमलटारी, घलेगाउँ, रारा, मनकामना, लेकसाइट, धम्पुस, ठमेल, शिवपुरी, नगरकोट, नागार्जुन, सिंजा र सिम्ताजस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा पर्यटन व्यवसायमा स्थापित तथा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संगठनको नेतृत्व तहमा रहेर काम गर्नुभएका साथीहरुलाई उठाएका छौ” प्रमूख थापाले भन्नुभयो–“स्थानीय तहमा जनउत्तरदायी, पर्यटनको ज्ञान र व्यवहार ज्ञात भएका र यसको लाभ समुदायमा पुर्याउने हैसियत बनाएका व्यक्तिहरु उम्मेदवार बनाइएकाले उहाँहरुको जित धेरै संभव र सुनिश्चितजस्तै छ ।” थापाले आफ्नो पार्टीले जति अरु पार्टीले पर्यटन क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुलाई उम्मेदवार नबनाएको दावी गर्दै दोस्रो चरणको निर्वाचनमा पुग्दा यसभन्दा अझ बढी संख्यामा पर्यटन क्षेत्रकै साथीहरुलाई उम्मेदवार बनाइने बताउनुभयो ।

एमालेको घोषणापत्र भन्छ – नेपालको पर्यटन : राष्ट्रको समृद्धि र पहिचानको साधन

– जैविक र सांस्कृतिक विविधता एवम् प्राकृतिक सौन्दर्यको अध्ययन– अवलोकनको लागि आकर्षक देशको रुपमा नेपाललाई परिचित गराउँदै पर्यटन उद्योगको प्रवद्र्धन गरिनेछ । पर्यटकहरूको संख्या व्यापक रुपमा बढाउन पर्यटन गन्तव्य स्थलहरूको खोजी, विकास, सम्बद्र्धन गरिने छ ।
पर्वतारोहण, पदयात्रा तथा हिमाल अवलोकन कार्यक्रमलाई अझ आकर्षक बनाउँदै लगिने छ र जोखिमको बेला भरपर्दो उद्धारका लागि क्षमता बृद्धि भएको छ । ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरूको संरक्षण गर्दै पूर्वाधार विकासबाट पर्यटकहरूलाई आकर्षित गरिने छ । विभिन्न ऐतिहासिक कालमा नेपालमा रहेका सभ्यता र शासन प्रणालीबारे उचित स्थानमा संग्रहालय स्थापना गरी पर्यटन क्षेत्रको विकास गरिने छ ।

‘मेरो धरहरा म आफै बनाउँछु’ अभियान अन्तर्गत धरहराको पुनःनिर्माण गरिनेछ ।

महत्वपूर्ण धार्मिक र सांस्कृतिक स्थलहरूमा पूर्वाधारको विकास गरी धार्मिक पर्यटनको विकास गरिने छ ।

जैविक विविधताले महत्वपूर्ण निकुञ्ज र बन्यजन्तु आरक्षहरूलाई अझ धेरै पर्यटकहरू आकर्षित गर्ने गरी संरक्षण र सम्बद्र्धन गरिने छ । जल विहारलाई बढी आकर्षक, सुरक्षित र मनोरन्जनात्मक बनाइने छ । पथ प्रदर्शकहरूका लागि तालिम केन्द्रहरूको स्थापना र संचालन गरिने छ ।

– नेपालको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक विशेषतालाई प्रवद्र्धन गर्दै पर्यटकहरूलाई आकर्षित गरिने छ ।

– प्रत्येक स्थानीय तहमा स्थानीय विशेषतासहित पर्यटक गन्तव्यको विकास गर्न प्रोत्साहन र सहयोग गरिने छ ।

– साहसिक पर्यटनका नयाँ क्षेत्र र नयाँ ट्रेकिङ रुटहरू खोलिने छन् । आगामी १० वर्षमा ५० लाख पर्यटकहरू भित्र्याउने गरी पूर्वाधार र बजार प्रवद्र्धनको कामलाई अगाडि बढाइने छ ।
– आन्तरिक पर्यटनलाई प्रोत्साहन गरिने छ । सबैजसो जिल्लामा हवाई यातायात पु¥याइनेछ ।

पर्यटनसम्बन्धी उच्च अध्ययन र पर्यटनको विकासका लागि आवश्यक जनशक्ति तयार गर्न पर्यटन विश्वविद्यालय सञ्चालन गरिने छ ।

– हवाई र जलमार्गमा प्रगतिः अन्तर्राष्ट्रिय सम्पर्कमा नया“ गति भन्ने मान्यताका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुविधासम्पन्न हुने गरी विस्तार तथा स्तरोन्नत गरिने छ । आगामी १० वर्षभित्र सञ्चालन भई सक्ने गरी निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने छ । आगामी दुई वर्षभित्र सञ्चालन हुने गरी भैरहवा र तीन बर्षभित्र सञ्चालन हुने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न गरिनेछ । विराटनगर, नेपालगंज, सुर्खेत तथा धनगढी विमानस्थलको विस्तार तथा स्तरोन्नत गरी क्षेत्रीय स्तरका अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने छ । तराई, पहाड र हिमाली जिल्लाहरूमा रहेका सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा स्तरोन्नत गरिने छ ।

– नेपाल वायुसेवा निगमलाई व्यवस्थित र स्तरोन्नत गरी आगामी पाँच वर्षभित्र नेपालको आर्थिक र मानवीय सम्बन्ध बढी भएका संसारका प्रमुख शहरहरूमा सेवा विस्तार गरिने छ । वाह्य र आन्तरिक उडानका लागि वाह्य र आन्तरिक पर्यटन र मागको दश वर्षे प्रक्षेपण गरी सोही अनुरुप विमानहरूको सङ्ख्या बढाइने छ । निजी क्षेत्रका हवाई सेवाहरूलाई प्रोत्साहन गरिनेछ ।

-लाेग्सरी कुवँर

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula