चुनावी स्वयमसेवकलाई अध्यक्ष ओलीकाे निर्देशन

प्रकाशित मिति :2017-05-09 20:10:58


काठमाडौं।

नेकपा (एमाले) का अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमाले बाहेक अरुलाई भोट दिनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।

स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगर र अन्य नगरपालिमा पार्टीबाट खटिने स्वयंसेवकहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले २०७० वा २०६४ सालको निर्वाचन परिणामको विश्लेषण पुरानो क्यालकुलेटरमा आधारित भएको र अहिले काम नलाग्ने भएको भन्दै राष्ट्रियता, एकता र आर्थिक समृद्धि र छिमेकीसँगको सन्तुलित सम्बन्ध र प्रतिकूल अवस्थामा पनि काम गर्ने कुशलता देखाएको बताउनुभएको छ ।

उहाँले प्रश्न गर्दै भन्नुभयो, “राम्रोसँग जनतामा नपुगेकाहरुले एमाले जित्दैन भन्ने सक्छन्, त्यस्तो भन्नेहरु जनतामा पुगेका छैनन् भनेर बुझ्नुस्, घरमा अक्षता खेलाएर बस्नेलाई मत परिणाम थाहा हुँदैन । एमालेबाहेक अरुले जित्नुपर्ने कारण छ ?”

उहाँले वृद्धभत्ता काग्रेसले वितरण सुरु गरेको हो भन्दा मान्छे एक पटक हाँस्छ भन्दै एमाले छोयो कि नयाँ हुन्छ यो आविष्कारक पार्टी हो यसले विकासका कुरा गर्दा पढेलेखेकाहरु तिरमिराउने गरेको बताउनुभएको छ ।

निर्वाचनमा कसैले गडबड गर्न सक्छ , नम्रताका साथ अघि बढन आग्रह गर्दै उहाँले एमाले शान्तिपूर्ण र मिलनसार छ तर कायर होइन भन्नुभएको छ ।

स्वयंसेवक भएर मादक पदार्थ सेवन गरेको पाइएमा पार्टी संगठनबाटै तत्काल कारबाही गरिने स्पष्ट पार्नुभएको छ ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula