“एमाले देशको पहिलो पार्टी”

प्रकाशित मिति :2017-05-09 20:03:39

देवचुली ।

नेकपा एमाले केन्द्रिय सदस्य  तिलक महतले स्थानीय तहको निर्वाचनबाट एमाले देशकै पहिलो पार्टि बन्ने दावी गर्नु भएको छ । मंगलवार नवलपरासी देवचुलि नगर संगठन कमिटीले देवचुलि–९ विशालटारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

वयोवृद्ध आमा–वुवा, अपांगता भएका व्यक्ति, एकल महिला लगायतले विश्वास गर्ने एक मात्र पार्टि एमाले भएकाले वैशाख ३१ गते हुने स्थानीय तह चुनावबाट एमाले पहिलो पार्टी बन्ने उहाँको दावी छ । “ संविधान निर्माण र भारतिय नाकाबन्दीको समयमा एमालेले राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडानको कारण देशभर नै एमालेको पक्षमा जनलहर सृजना भएको छ ।” उहाँले भन्नु भयो – “ वैशाख ३१ को चुनाव पछि एमाले देश कै पहिलो पार्टी बन्छ ।”

उहाँले चुनावको समयका कांग्रेस र माओवादी केन्द्रले भ्रमपूर्ण प्रचार गरिरहेको अरोप लगाउदै त्यस्तो भ्रमपूर्ण प्रचारबाट सजक हुन एमाले कार्यकर्तालाई आग्रह गर्नु भयो । यस अघि भएको स्थानीय निकायको निर्वाचनमा देवचुलि नगरपालिकाको साविकका सबै गाविसमा एमाले बिजयी भएको स्मरण गर्दै उहाँले नगरपालिकाको प्रमुख र उपप्रमुख सहित सबै वडामा एमालेले विजयी हासिल गर्ने दावी समेत गर्नु भयो ।

सो क्रममा चुनावी सभालाई सम्बोधन गर्दै एमालेको तर्फबाट देवचुलि नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवारी हरि प्रसाद न्यौपानेले जनतासंगको एकता र सहकार्यबाट मात्रै नगरपालिकाको बिकास सम्भव भएको भन्दै एमले जनभावना अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु । चुनावी घोषण एवं प्रतिबद्धता पत्रमा उल्लेखित विषयलाई आप्mनो ५ वर्षे कार्यकालमा पूर्ण रुपमा पालना गर्ने उहाँले बताउनु भयो । नगर उपप्रमुख पदका उम्मेदवार पार्वता तिवारीले विपन्न, आदाविसी जनजाती, महिला, उत्पीडित समुदायको हक र अधिकारको लागि एमाले सधै प्रतिबद्ध रहेको बताउनु भयो । समृद्ध र खुसि नगरपालिका आप्mनो पहिलो प्राथमिकता भएको उहाँको भनाई छ ।

चुनावी सभामा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने कार्यकर्तालाई एमाले केन्द्रिय सदस्य महतले स्वागत गर्नु भयो । सो क्रममा स्थानीय मगर समुदायको कौरा नाच समेत प्रस्तुत गरिएको थियो ।

मंगलबार नै देवचुलि नगरपालिकाको ९, १०, ११ र १७ नम्वर वडाको विभिन्न स्थानमा एमालेले चुनावी सभा गरेको थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula