एमाले जिताउन बुद्धिजिवीको अपिल

प्रकाशित मिति :2017-05-09 19:13:09

काठमाडौ

 यही बैशाख ३१ गते हुन गईरहेको स्थानीय निर्वाचनमा देशभरीको बुद्धिजीविहरुको संगठन नेपाल बुद्धिजीवि परषिदले नेकपा एमालेलाई मतदान गर्न अपिल गरेको छ ।

२०६२÷२०६३ को शान्तिपूर्ण जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको र यसपछि जनताद्धारा निर्वाचित जनप्रतिनिधिले संविधानसभामार्फत ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको हो । यस कार्य गर्दा देशभित्र र बाहिरको शक्तिले संविधान बनाउने काममा समेत बाधा ल्याएको बेलामा नेकपा एमालेले डटेर मुकाबिला ग¥यो । एमालेकै नेतृत्त्वमा ९० प्रतिशत बढी जनमतका आधारमा संविधान पनि जारी भईसकेको छ ।

नेकपा एमाले पार्टी शक्तिपृथकीकरण सिद्धान्त तथा विधिको शासन पक्षमा दृढ रहेको पार्टी हो । नेकपा एमाले ६९ वर्षदेखि नेपालमा देश र जनताको लागि काम गर्दै आईरहेको पार्टी हो । एमालेले कहिले सामन्ती निरङ्कुश राजतन्त्र,का बिरुद्ध कहिले बन्दुकबाटै राज्यसत्ता कब्जा गर्ने अतिवादका बिरुद्ध र कहिले बैदेशिक हस्तक्षेपजस्ता राष्ट्र र जनविरोधी कदमका विरुद्ध विभिन्न लडाई लडेको पार्टी हो ।

एमाले लोकतन्त्र, सामाजिक न्याय, देशभक्तिपूर्ण आन्दोलन एवं राष्ट्रियको सम्बद्र्धनको पक्षमा रहेको पाटीए हो । यति मात्रै नभई देशैभरी रहेको सबै वर्ग र समुदायका नागरिकका बीचमा समानताका लागि सुखी र समृद्ध नेपाल निर्माणको दूरगामी दृष्टिकोण र त्यसको कार्यान्वयनका लागि कृतसंकल्पित रहेकोले यो स्थानीय निर्वाचनमा एमालेलाई मत दिन परिषद्ले आग्रह गरेको हो ।

लोकतन्त्रलाई बलियो बनाउने, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न आत्मनिर्भर राष्ट्रिय पँजीको निर्माण गरी मुलुकलाई समृद्धको बाटोमा लैजान एमाले मात्रै सक्षम पार्टी रहेको र यस पार्टीले मात्रै देशको आवश्यकतालाई पूरा गर्ने भएकोले एमाले बाहेक अरु पार्टीको विकल्प नभएको परिषदको निचोड रहेको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula