समृद्ध देवचुलि एमालेको अभियान

प्रकाशित मिति :2017-05-09 16:47:59

देवचुलि ।

नेकपा एमाले प्रदेश नं. ४ प्रदेश कमिटी सदस्य एवम् नवलपरासीको देवचुलि नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार हरी प्रसाद न्यौपानेले समृद्ध देवचुलि एमालेको अभियान भएको बताउनु भएको छ ।
सोमबार देवचुलि नगरपालिकाको विभिन्न क्षेत्रमा एमाले नगर संगठन कमिटीले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै न्यौपानेले एमालेको नेतृत्वमा समृद्ध देवचुलि नगरपालिका सम्भव भएको बताउनु भएको हो । देवचुलि नगरपालिकाको किर्तिपुर, कुम्सोत, सिताबास, रामबास लगायतको स्थानमा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुलिको सर्वसुलभ एवं सहज रुपमा स्थानीयलाई पहुच पुर्याउदै कृषि, पर्यटन र उद्योगको माध्यामबाट समृद्ध देवचुलि नगरपालिका बनाउने बताउनु भयो ।
राष्ट्र र राष्ट्रियताको पक्षमा एमालेले लिएको अडान र नितिका कारण देश भर नै एमालेको पक्षमा लहर सृजना भएको बताउदै उहाँले सबैलाई नेकपा एमालेमा आवद्ध हुन आग्रह गर्नु भयो ।
नगर उपप्रमुख पदका उम्मेदवार पार्वता तिवारीले महिला, आदिवासी जनजाति पछाडि पारिएका उत्पीडित, दलित समुदाय, भुमिहिन जनताको अधिकार प्राप्तीका लागि नेकपा एमालेले लामो संर्घष गरेको बताउदै देवचुलि नगरपालिका भित्र कोहि पनि भुमिहिन हुन नपर्ने अवस्था सृजना गर्ने बताउनु भयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula