सत्तारुढ दलहरु गम्भीर षड्यन्त्रमा लागेका छन् : बरिष्ठ नेता नेपाल

प्रकाशित मिति :2017-05-09 18:43:10



काठमाडौ ।

नेकपा एमालेका बरिष्ठ नेता एवं पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले प्रजातन्त्र र लोकतन्त्र जोगाउन एमाले आबश्यक भएको बताउनुभएको छ ।
नेकपा एमाले प्रचार बिभागको आयोजनामा मंगलबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ नेता नेपालले निर्बाचनको माहोल एमालेका पक्षमा देखिएपछि काग्रेस माओबादी अनेक षडयन्त्रमा लागेको बताउनुभयो ।

उहाले भन्नुभयो, पहिले चुनाब नै नगर्ने पक्षमा सत्ता पक्ष देखिएको थियो भने एमालेको मंसिर अगाडि देखिकै पहल र दबाबका कारण चुनाबको मिति घोषणा गरियो तर अहिले आएर मत गणनाको बारेमा अनेक बिबाद सिर्जना गरेर षडयन्त्र गर्न खोजिएको छ ।

बरिष्ठ नेता नेपालले बजेट अगाडि जेठको दोस्रो हप्ता भित्रै दोस्रो चरणको चुनाब गर्नुपर्छ अन्यथा एमालेलाई बजेट पछि चुनाब गर्ने कुरा गरिए एमालेलाई स्वीकार नहुने स्पष्ट पार्नुभयो ।
बरिष्ठ नेता नेपालले पांच वटा बिषयमा सरकारले तत्काल निर्णय गर्न आबश्यक भएको बताउनुभयो । निर्बाचनबाट आउने जनप्रतिनिधिको मतभार तय गर्ने ऐन बनाउनु पर्ने , प्रदेश सबन्धी ऐन पनि बनाउनु पर्ने , निर्बाचन क्षेत्र निर्धारण र प्रदेश क्षेत्र निर्धारण गर्ने आयोग पनि यथाशीघ्र बनाउनु पर्ने कुरामा जोड दिनुभएको छ ।

एमाले पूर्ण प्रजातन्त्रको पक्षमा रहेको भन्दै बरिष्ठ नेता नेपालले एमाले राष्ट्रिय पहरेदार रहेको स्पष्ट पार्नुभयो । उहाले पछिल्लो समयमा निर्भिक प्रधानन्याधीश सुशिला कार्कीमाथि काग्रेस माओबादीले महाअभियोगको प्रस्ताब ससंदमा लगेर न्यायालय सिध्याउन खाजेको बताउनुभयो ।

नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रचार बिभागका प्रमुख एवं पार्टीका केन्द्रिय सचिब योगेश भटराइले निर्बाचनको माहोल बढिरहेका बेला निर्बाचन आयोग पनि अनेक बहाना बनाएर दोश्रो चरणको निर्बाचन पछि सार्ने कुरामा सहमति जनाएको उल्लेख गर्दै आयोगको भुुमिका प्रति पनि गभीर आशंका ब्यक्त गर्नुभएको छ ।
सचिब भटराईले अनेक बहाना बनाएर ससकार दोस्रो चरणको निर्बाचन नगर्ने र समयमा पहिलो चरणको निर्बाचनको मतगणना नगर्ने जस्ता षडयन्त्र रच्न थालिएको प्रति एमाले गभीर भएको बताउनुभएको छ । सरकारका यस्ता कृयाकलापको एमालेले भण्डाफोर गर्ने पनि सचिव भट्टराईले बताउनुभयो ।
उहाले नेपाली काग्रेस र माओबादीका कार्यकर्ताले आफ्नो पार्टीको नेतृत्वलाई नसच्याए बैशाख ३१ गते हुने निर्बाचनले उनीहरुको नेतृत्वलाई जनताले नै महाअभियोग लगाउने निश्चित भैसकेको स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रचार बिभागका उपप्रमुख सुर्य थापाले पार्टीको नियमित भेटघाट कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula