अनेमसघंको निर्वाचन परिचालन कमिटी

प्रकाशित मिति :2017-05-09 16:28:30

काठमाडौ

काठमाडौ महानगरपालिकामा नेकपा एमालेतर्फका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताउनका लागि अखिल नेपाल महिला सघले पनि चुनाव अभियानलाई तताएको छ ।
संघले अनेमसंघकी रती जोसीको संयोजकत्वमा तीन सय एक जना महिला रहेको प्रचार प्रसार समीति गठन गरेको चुनाव अभियानलाई तताएको हो ।
मेयरका उम्मेदवार शाक्यलाई जिताउनका लागि संघले प्रचारसमिति गठन गरेको अनेमसंघकी सचिव सुजिता शाक्यले जानकारी गराउनु भयो ।
एमाले केन्द्रीय कमिटी सदस्य साबित्रा भुसालले महानगरका मेयर उपमेयर सहित सवै उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनु भयो ।
अनेमसघं केन्द्रीय सदस्य शर्मिला कार्कीले महिलाका मुद्दामा पत्रकार महिला संबेदनसिल बनिदिन आग्रह बन्नुपर्ने बताउनु भयो ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula