नमोबुद्ध जस्तै शान्त र सम्बृद्ध नगर बनाउँछु

प्रकाशित मिति :2017-05-09 16:10:16


विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय टिपी शर्मा तिमिल्सिना सामाजिक अभियानमा निरन्तर कृयाशिल हुनुहुन्छ । शर्मालाई नेकपा एमालेले नमोबुद्ध नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको छ । उनै शर्मासँग गरिएकाे कुराकानीको सारसंक्षेपः
तपाईको उम्मेदवारी के को लागि ?
गाविसबाट नगरपालिकाको आकार ग्रहण गरिनसक्दै पुनः भएको संरचनाले थप केहि गाविसहरु नमोबुद्ध नगरपालिकामा समावेश भएका छन् । सबै गाविसहरु मिलेर बनेको नगरपालिकाका थुप्रै ग्रामिण बस्तिहरुमा अनेकखालका विकासका संरचनाहरुको निर्माण आवश्यक छ । सडक, विद्यालय, स्वास्थ्य, खानेपानी, शौचालय, सरसफाई, विद्युत्त जस्ता अत्यावश्यक पूर्वाधार निर्माणमा पहिलो प्राथमिकता हुनेछ । नगरका सबै वडाहरुलाई सडक सञ्जाल मार्फत जोड्दै नगरबासिहरुलाई आयआर्जनका हिसावले सम्वृद्धी बनाउन नमोबुद्ध र कानपुर लगायतका क्षेत्रमा पर्यटकहरु भित्र्याउँदै नगरलाई नमोबुद्ध जस्तै शान्त र सम्वृद्ध नगरका रुपमा विकास गर्नेछु ।

नगरबासिहरुका आवश्यकताहरु के के छन् ?
नगर भित्र थुप्रै आवश्यकता छन् । भुकम्पले थिलथिलो पारेको समाजलाई पहिलाकै लयमा फर्काउन तत्काल पुर्ननिर्माणको काम ब्यवस्थित ढंगबाट शुरु गरिनेछ । पुर्ननिर्माणमा छुटेका परिवारलाई तत्काल अनुदान उपलब्ध गराउन पहल गर्नेछु । प्राविधिक विद्यालय, अन्र्तराष्ट्रिय स्तरको बौद्ध विश्वविद्यालय, एक सय शैयाको सामुदायिक अस्पताल, नगरका सबै नागरिकहरुलाई सर्वसुलभ खानेपानी र सरसफाई, पाँच वर्ष भित्र एक घर एक धारा, कृषि उत्पादन बृद्धीका लागि सिंचाईको ब्यवस्था, सबै वडाहरुमा सडक सञ्जाल, प्रत्येक वडामा पुस्तकालय ब्यवस्था, कालोपत्रे, एकीकृत बस्ति स्थापना, पहिलो बालमैत्री तथा बालश्रम मुक्त नगर घोषणा गर्ने लगायतका कामहरु हुनेछन् ।

तपाईको प्रतिस्पर्धा कुन पार्टीे सँग हुँदैछ ?
नमोबुद्ध नगरपालिकामा प्रमुख तीन दल र अन्य केहि साना दलहरु पनि मैदानमा छन् । तर प्रतिस्पर्धामामा हामी धेरै अगाडी छाैं । मलाई विश्वास छ अन्य उम्मेदवाहरु भन्दा नगरको विकासका लागि म अनुभवी छु । शालिन छु । बुद्धको जस्तै शान्त स्वभावको छु । नगरबासिहरुले मलाई त्यहि कारण पनि मतदान गर्नु आवश्यक छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula