बुद्धिजिबीहरु सुर्यध्वाजबाहक उमेदबारको पक्षमा खुले

प्रकाशित मिति :2017-05-09 15:44:30

काठमाडौ ।

टोखा नगरपालिका भित्र बसोबास गर्ने बुद्धिजिबीहरुको भेलाले सुर्यध्वजाबाहक उमेदबारहरुलाई बिजय बनाउने निर्णय गरेको छ ।

नेपाल सरकारका पुर्ब सचिबहरु , कानुन ब्यबसायी , लेखा परिक्षक , बैकर्संहरु, चिकित्सकहरु , इञ्जिनियरहरु , पत्रकारहरु , प्राध्यापक , निजमति , सस्थानमा कार्यरत कर्मचारी , नागरिक अभियानता लगायत बिभिन्न क्षेत्रका पेशा ब्यबसायमा क्रियाशील बुद्धिजिबीहरुको सो भेलाले नेकपा एमालेका एजेण्डा मात्र होइन बिगतमा सरकारमा रहदा सो पार्टीले खेलेको भुमिका प्रशनीय भएकोले एमालेका सुयध्वजाबाहक उमेदबारहरुको पक्षमा आआपनो ठाउबाट भुमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।

गत हप्ता गठित धापासी बुद्धिजिबी परिषदका सयोजक बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा भएको भेलामा बुद्धिजिबीहरुले राष्ट्रियता ,बिकास र सबिधानसभाले जारी गरेको जनताको ऐतिहासिक सबिधान कार्यान्वयन गर्नका लागि एमालेको जस्तो स्पष्ट अबधारणा अन्य कुनै पनि पार्र्र्टीको नभएको निष्कर्ष समेत निकालेको छ ।

पेशागत बिशेष जिल्ला कमिटीको धापासी निर्बाचन परिचालन सहयोग समितिका सयोजक गोबिन्द भण्डारीले निर्बाचनमा बुद्धिजिबीहरुको बिशेष भुमिका हुने बिश्वास बिश्वास ब्यक्त गर्नुभएको छ ।

नेकपा एमाले वार्ड कमिटीका अध्यक्ष भगवान केसीले टोखा नगरपालिकाको निर्बाचन स्थितिको बारेमा जानकारी गराउनुभएको थियो । उहाले टोखामा नेकपा एमालेको पक्षमा जनलहर सिर्जना भएको बताउनुभएको छ । कानुन व्यवसायी  सुर्यकुमार बिमली , लेखा परिक्षक र्शकर ज्ञवाली , चिकित्सक डा प्रशान्त आचार्य लगायतले अबको ५ दिन बुद्धिजिबीहरुले गर्नुपर्ने बिशेष भुमिकाबारे योजना प्रस्तुत गर्नुभएको थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula