माओवादी सचेतकलाई निर्वाचन अायाेगकाे स्पष्टिकरण

प्रकाशित मिति :2017-05-09 13:55:02


काठमाडौ ।

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रकी सचेतक सिता नेपालीलाई निर्वाचन आचारसंहिता उलंघन गरेको विषयमा स्पष्टिकरण साधेको छ ।

निर्वाचन आयोगले सचेतक नेपालीले आफ्नो फेसबुकमा पोष्ट गरेको भ्रामक प्रचारलाई आधार बनाएर स्पष्टिकरण सोधेको हो । आयोगले उनलाई २४ घण्टाभित्र आधार र प्रमाण स्पष्ट पेश गर्न र नगरे हदैसम्मको कारवाही किन नगर्ने भनी प्रेस विज्ञप्ति जारी गरी स्पष्टिकरण सोधेको हो ।

माओवादी केन्द्रका सचेतक नेपालीले आफ्नो फेसबुक वालमा निर्वाचन परिणाम भन्दै माओवादी केन्द्र १४५, नेपाली कांग्रेस १३५, नेकपा एमाले २५, राप्रपा २ र नयाँ शक्ति १ भनी लेखेकी थिईन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula