काठमाडौँ फेरि बन्दैछ एमालेको लालकिल्ला

प्रकाशित मिति :2017-05-09 10:31:22

काठमाडौँ ।
मुलुकको राजधानी काठमाडौँमा नेकपा (एमाले)का उमेदवारहरुको प्रचार अभियानले व्यापकता पाएसँगै जनसहभागिता र उत्साह वृद्धि भएको छ ।  दुई दसक अघि एमालेको लालकिल्ला रहेको यो जिल्ला पछिल्लो संविधानसभाको निर्वाचनमा कमजोर देखिए पनि स्थानीय तहको निर्वाचनमा देखिएको देशव्यापी लहरका कारण उत्साह थपिएको हो ।

एमालेका केन्द्रीय सदस्य एवं उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठ कार्यकर्ता र जनताको उत्साह देख्दा राजधानीमा एमालेलाई पहिलो शक्ति बनाउन कसैले रोक्न नसक्ने बताउनुहुन्छ । उम्मेदवार शाक्य घरदैलो, वडाहरुमा कोणसभा र विभिन्न समुदायसँगको भेटघाट कार्यक्रममा व्यस्त रहनुभएको छ ।

विगतको तुलनामा पार्टी सङ्गठन व्यवस्थित भएको, राष्ट्रियता र समृद्धिका लागि एमालेको स्पष्ट अडान देखिएको तथा अन्य दलको सङ्गठन कमजोर भएका कारण एमाले बलियो बनेको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ गते लगनटोलबाट सुरु भएको बिशाल पदयात्रा र सम्बोधनले पनि निर्वाचन प्रचारमा थप उत्साह थपिएको छ । अध्यक्ष ओली र शीर्ष नेताहरु काठमाडौँका अन्य चुनावी प्रचारमा पनि क्रमशः पुग्न थाल्नुभएको छ ।

काठमाडौं महानगरपालिका–प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यको विजय सुिनश्चित गराउन पूर्व मेयर केशव स्थापित, वर्तमानका आकाङ्क्षी जीवनराम श्रेष्ठ प्रचार अभियानमा निरन्तर जुट्नुभएको छ । सङ्घीय समाजवादीबाट सानुराजा शाक्यको एमालेमा प्रवेशपछि विद्यासुन्दरको विजय थप सुनिश्चित भएको छ । एमालेले तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उपप्रमुखका उम्मेदवार राजाराम श्रेष्ठको प्रचारमा पनि एमालेका प्रमुखका उम्मेदवारलाई मत मागिएको छ ।

काठमाडौँबाहेक अन्य १० नगरपालिकामा पनि प्रचार प्रसारले गति लिएको छ । उम्मेदवारहरु सामूहिक र व्यक्तिगतरुपमा घरदैदलो र प्रचार प्रसारमा जुटेका छन् । उम्मेदवारहरु चन्द्रागिरी नगरपालिका प्रमुख–प्रल्हाद कार्की र उपप्रमुख–लीशा नकर्मी, कीर्तिपुर नगरपालिका–प्रमुख–रमेशमान महर्जन र उपप्रमुख–सरस्वती खड्का, कागेश्वरी मनोहरा नगरपालिका–प्रमुख–कृष्णहरि थापा र उपप्रमुख–बिन्दु सिम्खडाको प्रचार अभियान जारी छ । कीर्तिपुरमा एकल उम्मेदवार सिफारिसका आधारमा रमेशमान महर्जन चयन भएकाले उहाँको अवस्था थप बलियो देखिएको छ ।

अन्य उम्मेदवारहरुमा बुढानिलकण्ठ नगरपालिका–प्रमुख–उद्धब खरेल र उपप्रमुख–रमा राई, टोखा नगरपालिका–प्रमुख–प्रकाश अधिकारी र उपप्रमुख–ज्ञानमाया डंगोल, गोकर्णेश्वर नगरपालिका–प्रमुख–पुण्य चौंलागाईं र उपप्रमुख–शान्ति श्रेष्ठ, नागार्जुन नगरपालिका–प्रमुख–कृष्णहरि खत्री र उपप्रमुख–सुशिला अधिकारी, दक्षिणकाली नगरपालिका–प्रमुख – शशी शर्मा अर्याल, उपप्रमुख–मिरा आचार्य महर्जन, तारकेश्वर नगरपालिका–प्रमुख–रामेश्वर बोहरा र उपप्रमुख–भानु डोटेल ‘भवानी’ शंखरापुर नगरपालिका–प्रमुख–सुवर्ण श्रेष्ठ र उपप्रमुख–सुकलक्ष्मी श्रेष्ठ हुनुहुन्छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula