आचारसहिंता विपरीत कांग्रेसका उम्मेदवारको प्रचार

प्रकाशित मिति :2017-05-09 10:27:05

काठमाडौ २५ वैशाख ।

नेपाली काँग्रेसले आचारसंहिता विपरीत पर्चा पम्पलेट बाँडेको पाइएको छ ।  कांग्रेसबाट उम्मेदवार भएका राजुराज जोशीले आचारसहिंताविपरीत रंगीन पर्चा पम्प्लेट बनाई प्रचार गरेका छन् ।
निर्वाचन आयोगले रंगीन पर्चा पम्प्लेट प्रचारप्रसारको लागि रोक लगाएपनि राजुराजले फोटो सहित रंगीन प्रचारप्रसार गरेका छन् ।  आयोगले तोकेको मापदण्ड भन्दा गुणस्तरीय कागजमा उनीहरुले पर्चा सामग्री बनाएका छन् ।

यसैगरी नमुना मतपत्र मतादातालाई बाँड्दा पनि कांग्रेसले फट्याई गरेको छ ।  दोस्रो रोलक्रममा एमालेको सूर्य अंकित चिन्ह भएपनि कांग्रेसले बाँडेको मतपत्रमा तेस्रो नम्बरमा राखेर फट्याईं गरेको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula