पोखरा–लेखनाथको विकासका लागि यस्तो छ एमालेको घोषणा

प्रकाशित मिति :2017-05-09 09:09:29

पोखरा, २६ वैशाख

 नेपालको सबैभन्दा ठूलो महानगरपालिका पोखरा–लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेद्वारहरु जनतासँग मत माग्न अहिले घरदैलौमा व्यस्त छन् ।

विभिन्न वडाहरुले घरदैलो, र्याली, कोण सभा गरिरहेका छन् भने मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले चुनावी तालिका बनाएर मत मागिरहेका छन् । जनताको घरघरमा पुग्ने क्रममा मेयर पदका प्रत्यासी जिसीले नेपालकै सबैभन्दा ठूलो महानगरपालिका पोखरालाई समृद्ध र स्मार्ट सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘एमालेको जितलाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘अहिले गरेका सबै प्रतिबद्धता मेयर बनेपछि पुरा गर्नेछु ।’

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेद्वार जिसीले जनतालाई अनुभूति हुने गरी महानगरको सेवा प्रभावलाई प्रभावकारी बनाउन आवश्यक भएको बताए। ‘सिंहदरवारबाट गाउँ÷नगरमा आएको अधिकारलाई जनताले महसुस गर्ने गरी कार्यान्वयन गर्नु अहिलेको चुनौती हो,’ उनले भने, ‘जनतामैत्री स्थानीय सरकरबाट मात्र महानगरको समृद्धि सम्भव छ, त्यसको लागि एमालेलाई जिताउन आग्रह गर्दछु ।’

आफू मेयरमा विजयी भएपछि नवीनतम प्रविधिको प्रयोग गरी जनताका गुनासा र समस्यालाई तत्काल समाधान खोज्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा–लेखनाथ महानगरपालिकाको विकासका लागि यस्तो छ ।’

एमालेको घोषणा 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula