एमालेले जित्दा मात्रै राजनीति सही ट्रयाकमा आउँछ–बरिष्ठ नेता खनाल

प्रकाशित मिति :2017-05-08 18:45:51

काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का बरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा एमालेको पक्षमा व्यापक जनमाहोल देखेर विपक्षीहरु आत्तिएको बताउनुभएको छ ।

एमाले केन्द्रीय प्रचार विभागद्धारा आज आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ नेता खनालले निर्वाचनको सम्मुखमा विपक्षीहरु आत्तिएर एमाले कार्यकर्तामाथि आक्रमणमा उत्रिनु यसैको प्रमाण भएको बताउनुभया ।

काँग्रेस कार्यकर्ताहरुको जत्थाले निर्वाचन प्रचारमा रहेका कार्यकर्तालाई हिजो स्याङ्जाको चापाकोटमा सांघातिक आक्रमण गरि शसक्त घाइते बनाएको घट्नाप्रति लक्षित गर्दै नेता खनालले सत्तासिनहरु डराउँदै गएको बताउनुभयो ।

‘एमालेप्रतिको आकर्षण देखेर अहिले विभिन्न शक्तिहरु आक्रमणमा उत्रिएका छन, स्याङ्जामा भएको घट्ना त्यसैको परिणाम हो’–बरिष्ठ नेता खनालले भन्नुभयो । उहाँले सरकार शान्ति सुरक्षाको व्यवस्था गर्ने कुरामा असफल हुँदै गएको भन्दै उहाँले भन्नुभयो–‘जनता आफैले सुरक्षा दिने अवस्था नआओस ।’

संविधान संशोधन नभै कार्यान्वयन नै अहिले एमालेको मुख्य एजेण्डा भएको भन्दै बरिष्ठ नेता खनालले वर्तमान संसदले संविधान संशोधन गर्ने हैसियत नराख्ने स्पष्ट पार्नुभयो । ‘निर्वाचन गराउने र निर्वाचन प्रयोजनका निम्ती नियम कानुन बनाउने बाहेक अरु काम यो संसदले गर्ने सक्दैन’–उहाँले भन्नुभयो–‘हामी विपक्षमा छौं । यो सरकार वेथिति ढंगले बढेको छ । नियम र कानुन मिच्दै गईरहेको छ ।’  एमालेले जित्दा मात्रै अस्थिर राजनीतिको ट्रयाक सही ठाउँमा आउने उहाँको दावी थियो ।

कार्यक्रममा सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्राईले वर्तमान सरकार ‘नेचुरल्ली डेथ’ भइसकेको बताउनुभयो । उहाँले सरकार बचाउन अनेक प्रयत्न भैरहेको टिप्पणी गर्दै काँग्रेस– माओवादी नेतृत्वको सरकार बाँच्ने सम्भावना सकिदैं गैरहेको भनाई राख्नुभयो ।

‘काँग्रस–माओवादीको गठबन्धन सरकार अहिले आइसियुमा पुगेको छ र पहिलो चरणको निर्वाचनको परिणामपछि यो सरकार बाँच्ने देखिदैंन ।’–भट्राईले भन्नुभयो–‘दोस्रो चरणको निर्वाचन एमालेल गराउनुपर्ने पनि हुन सक्छ ।’

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula