साहित्यकारहरुको सहयोग समिति

प्रकाशित मिति :2017-05-08 16:34:48

काठमाडौं ।

स्थानीय निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई विजयी गराउन साहित्यकारहरुको भेलाले राम विनय श्रेष्ठको संयोजकत्वमा १५१ सदस्यीय कमिटी गठन गरेको छ । राष्ट्रियता र समृद्धिका लागि एमालेले बोकेको लक्ष्य सही भएकाले निर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गराउन यस समितिले सिर्जनाका माध्यमबाट पनि सहयोग गर्ने जनाएकाे छ ।
एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेलको उपस्थितिमा सम्पन्न भेलाले काठमाडौ महानगरको उम्मेदवार विद्यासुन्दर शाक्यसहितका उम्मेदवारलाई विजयी गराउन पहल गर्ने निर्णय समेत गरेको छ । समितिमा डा मोदनाथ प्रश्रित, नारायण ढकाल, श्यामल, प्रेम अधिकारी, सुलोचना मानन्धर, केशव सुवेदी, गोपीरमण उपाध्याय, विष्णु प्रभात, जगत उपाध्याय, हेम पौडेललगायत सल्लाहकार रहनुभएको छ । समितिमा डा देवी नेपाल, आरएम डँगोल, डा विन्दु शर्मा, लक्ष्मण गाम्नागे, विनोद मञ्जन, गायत्री विष्ट, यशोदा अधिकारी, रमेश शुभेच्छु, रोजी श्रेष्ठ रहनुभएको छ ।

भेलामा नेता पोखरेलले जनताको सच्चा प्रतिनिधि एमाले भएकाले यसलाई विजयी गराउनु हरेक राष्ट्रवादी र स्वाभिमानी लेखकको दायित्व भएको बताउनुभयो ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula