धापासीमा बुद्धिजिबी परिचालन कमिटी

प्रकाशित मिति :2017-05-08 15:46:16

काठमाडौ ।

टोखा नगरपालिकामा नेकपा एमालेका उमेदबारहरुले पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएकाे छ । घरदैलो कार्यक्रम सकेर एमालेका उमेदबारहरु अन्य आन्तरिक भेटघाट कार्यक्रमलाई तीब्रता दिइरहनुभएकाे छ ।

टोखा नगरपालिकाकाका मेयरका उमेदबार प्रकाश अधिकारी , उपमेयर ज्ञानमाया डंगोलले घर दैलो कार्यक्रममा भएको जनताको उत्साहजनक सहभागिता र रेस्पोन्सले बिजय सुनिश्चित भएको बताउनुभयाे ।

एमालेका मेयरका उमेदबार प्रकाश अधिकारीले टोखा नगरपालिकाका जनताले एमालेका उमेदवारकाे स्वागतले नै एमालेकाे  विजय  निश्चित भएकाे बताउनुभयाे ।  टोखा वडा नं ६ का अध्यक्षका उमेदबार भगवती गौतमले प्रतिपक्षीहरुले कुनै एजेण्डा नै नपाएको र बिकास र शान्तिका लागि एमाले नै आबश्यक भएको जनताको निष्कर्ष रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘टोखा ६ मा नेपाली काग्रेसबाट उमेदबार भएका ब्याक्ति अशक्त र बृद्ध भैसकेकोले उहालाई सम्मानका साथ बृद्धभत्ता दिएर आराम गर्न जनताले भनेका छन ।’
त्यसैगरी धापासीका बुद्धिजीबीहरुको भेलाले बरिष्ठ पत्रकार टंक पन्तको सयोजकत्वका धापासी बुद्धिजिवी कमिटी निर्माण गरेका छन । सो बुद्धिजिवी कमिटीलाइ बुद्धिजिवी निर्वाचन परिचालनको जिम्मेबारी दिएको छ । सो कमिटीको सचिबमा कानुन ब्यबसायी सुर्यककुमार बिमली चयन भएका छन भने सदस्यहरुमा लेखा परिक्षक शंकर ज्ञवाली , शिबमन्दिर टोल सुधार समितिका अध्यक्ष एवं नेपाल सरकारका पुर्ब सचिब ध्रुवचन्द्रअर्याल , सत्यन्द्र तिम्सिना , कुमार कुवर , दिपकबाबु घिमिरे लगायत हुनुहुन्रछ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula