‘जनताकाे सेयरमा विजुलीदेखि मेडिकल कलेजसम्म’

प्रकाशित मिति :2017-05-08 14:48:56

 

 

 

स्याङ्जा ।

नेकपा एमालेका तर्फबाट वालिङ नगरपालिकाको मेयर पदका उमेदवार बन्नु भएका पुण्यप्रसा अर्यालले आफु मेयर पदमा विजयि भएमा वालिङ नगरभित्र रहेका प्रकृतिक सम्पदाको भरपुर उपयोग गर्ने योजना बनाउनु भएको छ ।
नगर क्षेत्र भीत्र रहेका खोलाहरुबाट जनताको शेयरमा विद्युत निकाल्ले महत्वपूर्ण योजना अगाडी सार्नु भएको छ ।
विकास निर्माणका कामलाई सन्तुलीत रुपमा अगाडी बढाउदै प्राथमिक स्वास्थ्य केन्द्रको स्तर वृद्धी गरी पचास शैयाको अस्पताल निर्माण गर्ने, स्वाथ्य चौकी उपस्वास्थ्य चौकी लाई सुविधासम्पन्न बनाउदै आवश्यक स्थानमा थप समेत गर्ने एमाले प्रतिद्धता पत्रमा उल्लेखछ ।
जिल्लाकै केन्द्रभागमा रहेको वालिङ नगरपालिकामा खेल क्षेत्रलाई प्रोत्साहान गर्न सुविधा सम्पन्न रंगशाला निर्माण गर्नुका साथै आवश्क स्थानमा खेलमैदान र युवा पार्कहरु निर्माणको प्रतिबद्धता एमालेले जनाएको छ ।
सुविधा सम्पन्न जेष्ठ नागरीक आवास गृह देखि धार्मीक स्थलमा आवतजावतको लागि केवलकारको निर्माण गर्ने अर्यालको प्रतिबद्धता छ ।
ग्रामिण पर्यटनलाई प्रवद्धन गर्ने उद्देश्यका साथ घुरुङ्खाँ, बजाकोट, बुढाकोट लगायतका गाउँमा होमस्टेलाई थप व्यवस्थीत बनाउन योजना बनाएर अगाडी बढ्ने मेयका उमेदवार अर्यालले बताउनु भयो । युवा बेरोजगारी लाई न्युनिकरण गर्नको लागि आाधुनिक कृषीमा लाग्न प्रोत्साहान गर्नुका साथै उत्पादित बस्तुको बजारीकरण गर्ने अर्यालको योजना छ । उद्योगी ब्यावसायीको संस्था वालिङ उद्योगवाणिज्य संघको नेतृत्व सफलता पुर्वक सम्पन्न गरी सकेका अर्याल सहकारी संघ स्याङ्जाको निवर्तमान अध्यक्ष हुनुहुन्छ नेकपा एमालेको सरकारका पालामा स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना पनि उहाँले सुनाउनुभयो ।

हिमलाल पराजुली

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula