दोलखाका सबै तहमा जित सुनिश्चित

प्रकाशित मिति :2017-05-08 13:03:41

चरिकोट
नेकपा (एमाले) ले दोलखाको सात गाउँपालिका र दुई नगरपालिकाको नेतृत्व जित्ने पक्का भएको छ ।
पार्टी जिल्ला कमिटी दोलखाका अनुसार गाउँपालिका र दुवै नगरपालिको तल्लो निकायसम्म पार्टी संगठन बलियो भएकाले जित सुनिश्ति भएको हो । जिल्ला कमिटी दोलखाका पार्टी अध्यक्ष ईश्वरचन्द्र पोखरेलले दोलखाको सबै स्थानीय तहमा संगठन सुदृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोलखाका सबै स्थानीय तहमा पार्टी संगठन बलियो छ । यहाँको व्यवस्थित विकासको नेतृत्व एमालेले गरेको भन्ने सन्देश जनताले बुझेका छन् । त्यसो हुँदा दोलखाको सबै स्थानीय तहमा एमालेको जित सुनिश्चित देखिन्छ ।’
दोलखामा भीमेश्वर जिरी गरी दुई नगरपालिका छन् भने गौरीशंकर, बैतेश्वर, तामाकोसी, मेलु, शैलुंगेश्वर, कालिञ्चोक र बिगु गरी सात गाउँपालिका छन् । भीमेश्वर नगरपालिकाको मेयरमा भरत केसी र उपमेयरमा कमला बस्नेत (खड्का) उम्मेदवार हुनुहुन्छ । त्यस्तै, जिरी नगरपालिकाको मेयरमा टंक जिरेल र उपमेयरमा कृष्णकुमारी बूढाथोकी (खड्का) उम्मेदवार हुनुहुन्छ ।
त्यस्तै, गाउँपालिकातर्फ गौरीशंकरको प्रमुखमा स्वयंबहादुर खड्का र उपप्रमुखमा उर्मिला थामी, बैतेश्वरको प्रमुखमा ऋषिकेश उप्रेती र उपप्रमुखमा शान्तिकुमारी तामाङ, तामाकोसीको प्रमुखमा ईश्वरचन्द्र पोखरेल र उपप्रमुखमा उर्मिला खड्का (केसी) तथा मेलुङ गाउँपालिकाको प्रमुखमा नरबहादुर श्रेष्ठ र उपप्रमुखमा कल्पना भण्डारीलाई एमालेले उम्मेदवार बनाएको छ । यसैगरी, एमालेले शैलुंगेश्वर गाउँपालिकाको प्रमुखमा भरत दुलाल र उपप्रमुखमा लालमाया योञ्जन, कालिञ्चोक गाउँपालिकाको प्रमुखमा बिनकुमार थामी र बिगु गाउँपालिकाको प्रमुखमा सुन्दर विक (लामिछाने) प्रमुख तथा उपप्रमुखमा गोमा केसीलाई उम्मेदवार बनाएको छ ।
पार्टी अध्यक्ष पोखरेलले चुनावी प्रचारमा एमाले एक ढिक्का भएर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्र सुरुमा केही असन्तुष्टि थिए । अहिले ती सबै समाधान भएका छन् । चुनावी प्रचारमा जिल्ला कमिटीका सबै नेता लागेका छन् । त्यति मात्रै होइन, पूर्वजिल्ला सभापतिदेखि माननीयज्यूहरूसमेत लाग्नुभएको छ । पार्टी सुदृढ र संगठित भएर लागेको छ । त्यसो हुँदा सबै तहमा चुनाव जित्ने पक्का भएको छ ।’ अध्यक्ष पोखरेले दोलखाका सबै स्थानीय एमाले उम्मेदवारलाई

भोट हाल्न ३१ वैशाखको प्रतीक्षामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेका उम्मेदवार गाउँगाउँमा खटिएका छन् । सबै उम्मेदवार सम्बन्धित तहमा जनप्रिय छन् । उनीहरूलाई भोट हाल्न स्थानीय आतुर छन् । सबैजना ३१ वैशाख कुरेर बसेका छन् । यो पार्टीका लागि महत्वपूर्ण विषय हो ।’

 

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula