शंखरपुरमा एमाले विजयोन्मुख

प्रकाशित मिति :2017-05-08 08:19:37

काठमाडौँ ।
काठमाडौँको शंखरापुर नगरपालिकामा मेयर, उपमेयरसहित अरू पदमा निर्वाचित हुने पक्का भएको छ । वैशाख ३१ गते हुने चुनावका लागि एमालेले घरदैलो अभियानलाई तीव्रता दिएको छ । घरदैलो र आमसभा जस्ता कार्यक्रममा देखिएको जनलहरले आफ्नो जित सुनिश्चित भइसकेको मेयरका उम्मेदवार सुवर्ण श्रेष्ठले बताउनुभयो ।

शनिवार साँखुमा आयोजित सभामा हजारौँ जनता सहभागी आमसभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमालेप्रति जनताले देखाएको सद्भाव अभुतपूर्व रहेको बताउनुभयो ।

१८ हजार मतदाता रहेको शंखरापुरका नौवटै वडामा एमालेले बाजी मार्ने उहाँको भनाइ छ । काठमाडौँ क्षेत्र नम्बर २ अन्तरगत पर्ने शंखरापुर नगरपालिमा २०४८ साल पछि भएका सबै चुनावमा एमाले अग्र स्थामा रहँदै आएको छ ।

-प्रकाश ढकाल 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula