शुक्ला गण्डकीलाई गार्डेन सिटी बनाउने एमाले सपना

प्रकाशित मिति :2017-05-07 16:41:19

तनहुँ
वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेका उम्मेदवारहरूले स्थानीय विकासका एजेन्डा लिएर जनताका बीचमा गएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र उपाध्यायले शुक्ला गण्डकी नगरलाई गार्डेन सिटी बनाउने घोषणा गर्नुभएको छ । एक कार्यकाल गाविस उपाध्यक्ष र जिल्ला विकास समितिको सदस्यसमेत रहेर काम गर्नुभएका उपाध्याय समृद्ध शुक्ला गण्डकी नगरपालिकामा र सुखी नगरवासी नारासहित चुनावी मैदानमा हुनुहुन्छ । नगरवासीसँग उपाध्यायका प्रतिबद्धता यस्ता छन् :

१. झन्डै ९ सय किलोमिटर कच्ची सडक रहेको शुक्ला गण्डकीमा प्रत्येक वर्ष सय किलोमिटर सडकमा कालोपत्रे गर्ने योजना रहेको छ ।
२. प्रत्येक वडा सेवा केन्द्रबाट नगरपालिकाको मुख्यालयमा आउने सडकहरू कालोपत्र गरिनेछ ।
३. पाँच वर्षमा दुलेगौडा ढोरफिर्दी जोड्ने पुलहरू तीन ठाउँमा निर्माण गरिनेछ ।
४. पहिलो प्राथमिकता नै अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई व्यवस्थित गराउनेहुनेछ ।
५. ढुंगा, गिटी, बालुवालगायतका नदीजन्य उद्योगलाई वातावरणीय प्रतिकूलतालाई मध्यनजर गर्दै व्यवस्थित गरिनेछ ।
६. लघु उद्योगहरूलाई निजी क्षेत्रसँग साझेदारी गरी एक घर एक रोजगारका रूपमा अगाडि बढाइनेछ ।
७. नगरपालिकाका आठ स्थानलाई आर्थिक केन्द्रका रूपमा विकास गरिनेछ ।
८. कोत्रे, दुलेगौडा, साँखे, खैरेनीटार, ढोरफिर्दीलगायतका ठाउँहरू गार्डेन सिटी अफ शुक्ला गण्डकी नगरपालिकाका रूपमा अगाडि बढाइनेछ ।
९. निर्वाचनको ६ महिनादेखि एक वर्षभित्र फोहोर मैला व्यवस्थापनका लागि डम्पिङ साइडको व्यवस्था गरिनेछ र दुई वर्षभित्रमा मल्टी पर्पाेज ल्यान्डफिल्ड साइड निर्माण गरिनेछ ।
१०. वडा केन्द्रित बर्थिङ सेन्टरसहितको सहरी स्वास्थ्य केन्द्रको अवधारणा बनाइएको छ । प्रत्येक वडामा एम्बुलेन्स इन्टरनेटको सुविधा पु¥याइनेछ । यस नगरलाई शैक्षिक र स्वास्थ्य हबका रूपमा विकास गर्नेछौं ।
११. नगरपालिका रहेको तामाखानी, फलामखानी र रक गार्डेनहरूलाई व्यवस्थित गरिनेछ ।
१२. पार्टीको नीतिअनुसार आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउन आर्थिक उपार्जनका कार्य गर्न उद्योगधन्दालगायत निजी क्षेत्रसँग समन्वय गरेर आर्थिक रूपमा फड्को मार्ने रणनीतिका साथ अघि बढ्नेछौं ।
१३. खानेपानीको समस्या समाधान अबको तीन वर्ष समाधान हुनेछ ।
१४. नगरपालिकामा भएको स्रोत र साधनको परिचालनमार्फत मासिक १० करोड आम्दानी गर्न सक्ने बनाइनेछ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula