चौरजहारीलार्इ नमूना सहर र व्यापारिक केन्द्र बनाउने केसीको योजना

प्रकाशित मिति :2017-05-07 09:58:09

रूकुम ।

रूकुम एमालेले रूकुमको अर्को प्रमुख बजार चौरजहारीमा एमालेले वैकल्पिक केन्द्रीय सदस्य शेरबहादुर केसीलार्इ मेयरकारूपमा अघि सारेको छ ।  केसीले विकासमा बामे सरिरहेको चौरजहारीलाई तीब्र गतिमा विकासको बाटोमा लैजाने योजना केसीले बनाइसकेका छन् ।

मेयरका उम्मेदवार बनेका केसीले बजार नजिकैको भेरी नदीलार्इ डाईभर्सन गरी ठुलो जलविद्युत योजना सञ्चालन गर्न विशेष जोड दिएका छन्। केसीसँगै उपमेयरकी उम्मेदवार कल्याणी खड्का पनि जनताको मन जित्न जुटिरहेकी छन् ।

मेयरका उम्मेदवार केसीले चौरजहारीको फाँटमा सिँचाई पुर्‍याउने र यो नगरलार्इ कृषि उत्पादनको हबका रुपमा विकास गर्ने योजना बनाएको बताएका छन् ।

केसीले बजार क्षेत्र नजिकैका सडक नपुगेका स्थानमा सडकको पहुँच बढार्इ दुई वर्षभित्र सबै सडकहरुलाई कालोपत्रे गर्ने वाचा गरेका छन् ।

त्यसैगरी चौरजहारीलाई नमूना सहरमा विकास गरी पर्यटक भित्र्याउने अर्को योजना पनि उनले अघि बढाउने भएका छन् ।

केसीले रुकुमका गाउँ तथा छिमेकी जिल्ला सल्यान र जाजरकोट जाने पर्यटकका लागि चौरजहारी सहरबाट जान सक्ने योजनाका कार्यान्वयन गर्ने बताएका छन् ।

धार्मिक पर्यटनमा समेत चौरजहारीलाई विकास गर्ने अर्को योजना केसीसँग छ । उनले जहारी खोला क्षेत्रको खेतियोग्य भूमिलाई संरक्षण गरी कृषि उत्पादनमा जोड दिने जनाएका छन।

केसीले नगरमा एक घर एक रोजगारको अवस्था सिर्जना गरी सबैलाई व्यावसायिक र आत्मनिर्भर बनाउने वाचा पनि गरेका छन् । खोलागाउँ र चौरजहारीमा बहुउद्देश्यीय प्राविधिक शिक्षालय र आधुनिक कृषि अनुसन्धान केन्द्र खोल्ने योजना उनीसँग छ ।

नगरका सबै वडा र टोलमा सञ्चार सेवा विस्तार तथा नगरको सबै क्षेत्रमा इन्टरनेट पुर्याउने योजना पनि केसीसँग छ। सहरको ऐतिहासिक पक्षलार्इ बचाउँदै यहाँका जातजाति र भाषाभाषीबीच सद्भाव कायम गरी एकताको नुमना वस्ती विकासमा उनले जोड दिने भएका छन् ।

अहिले नगर क्षेत्रमा चुनाव प्रचारलार्इ तीब्र पारेका केसीले आफू विजयी हुने बलियो सम्भावना रहेको पनि बताएका छन् ।

साविकका चार गाविसहरु विजयश्वरी, खोलागाउँ, कोटजहारी र नुवाकोट गरी बनेको यो नगरपालिकामा १४ हजार ९ सय १९ जना उम्मेदवार छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको यो बजार जाजरकोटको सिमानास्थित यो उपत्यकामा एरर्पोट पनि रहेको छ । मध्यपहाडी लोकमार्गमा सरकारको मेघा-सिटी बनाउने योजना भित्र यो बजार पनि पर्छ ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula