मुसिकोट एमाले उम्मेदवारको योजना: कृषि अनुसन्धान देखि केबलकारसम्म

प्रकाशित मिति :2017-05-07 09:55:28

रूकुम ।

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा मुसिकोट नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले महत्वकांक्षी योजना ल्याएका छन्।

मुसिकोटको मेयरका लागि एमालेले जिल्ला अध्यक्ष विमलकुमार मगरलार्इ मैदानमा उतारेको छ। एमालेको जिल्ला नेतृत्व हाँकिसकेका मगरसँग मुसिकोटको विकासका लागि गतिला योजना र तिनलार्इ पुरा गर्ने अठोट पनि छ।

केबलकारको सपना पुरा गर्ने

नेकपा एमालेले जिल्ला मुसिकोटको मेयरमा उठाएपछि पुनले पहिलो तथा महत्वाकांक्षी योजनाका रूपमा सोलाबाङ–डिग्रे मन्दिर हुँदै जन्ती डाडाँसम्म केबलकार सञ्चालन गर्ने वाचा गरेका छन् ।

रूकुमलार्इ पर्यटकीय केन्द्र बनाउनका लागि पुन केबलकार निर्माणसहित पर्यटन विकासका गतिला योजना लिएर मुसिकोटका मतदाताको मन जित्न कम्मर कसेर सक्रिय भएका छन् ।

नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रहरु साँखदह, खारादह, जुम्लीपोखरी र शितलपोखरी लगायतका ताल र पोखरीहरुको संरक्षण र प्रचार गरी पर्यटक तान्ने योजना पुनले बनाइसकेका छन् ।

उनले पर्यटक तान्न होटल व्यवसायलार्इ अझै व्यावसायिकरण गर्ने योजना पनि बनाएका छन्। पुनले गाउँमै रोजागरी सिर्जना गर्नका लागि साना तथा मझौला उद्यमको विकास र प्रर्वद्धन गर्ने योजना पनि घोषणापत्रबाट सार्वजनिक गरेका छन् ।

पूर्वाधार विकास र शिक्षामा जोड

पुनले मुसिकोट नगरपालिकाको व्यस्थित कार्यालय भवन निर्माणको योजना पनि ल्याएका छन् । नगरपालिकासहित सबै वडामा सुविधायुक्त कार्यालय भवन बनाउने, सबै वडामा निःशुल्क स्वास्थ्य सेवा दिन विशेषज्ञसहितको स्वास्थ्य संस्था खोल्ने योजना पुनसँग छ ।

नगरपालिकास्थित माध्यमिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक विषयसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पनि पुनले गरेका छन् । त्यसैगरी मुसिकोट नगरपालिकाभित्र विशेषज्ञसहितको कृषि अनुसन्धान केन्द्र खोल्ने योजना पनि उनीसँग छ ।

त्यसैगरी नगरपालिकाका सबै घरमा स्वच्छ खानेपानी दिन एक घर एक धाराको नीति लागू गर्ने वाचा पनि पुनले गरेका छन् ।

सदरमुकाम खलङ्गा, साँख, चौखाबाङ, भलाक्चा र छिबाङसहित पाँच गाविस मिलेर बनेको मुसिकोट नगरपालिकामा १४ वडाछन्। नगर प्रमुखका उम्मेदवार पुनसँगै वडा अध्यक्ष र अन्य उम्मेदवार पनि अहिले एमाले जिताउन सक्रिय भएका छन् ।

तीन नगरपालिका, ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको रुकुम जिल्लामा सबैभन्दा धेरै अर्थात १५ हजार ९ सय ३५ मतदाता रहेको मुसिकोट नगरपालिकामा तीनै दलले आफ्नो अक्रामक ढंगले प्रचारमा जुटेका छन्।

प्रदेश नम्बर पाँचमा परेको रुकुमको आधा भागमा तीन नगरपालिका र तीन गाउँपालिका छन्।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula