गृहमन्त्री विमलेन्द्र निधिद्वारा पदकाे दुरूपयाेग

प्रकाशित मिति :2017-05-07 10:14:31

काठमाडौं

सत्ता साझेदार नेपाली काँग्रेस र माअाेवादी केन्द्रका कार्यकर्ताबीचकाे  विवाद  मिलाउन गृहमन्त्री  विमलेन्द्र  निधीले पदकाे दुरूपयाेग गरेका छन् । रुकुममा भएकाे काँग्रेस माअाेवादी झडप  मिलाउन र पक्राउ परेका कार्यकर्ता तत्काल  छाेड्न गृहमन्त्री निधीले स्थानीय प्रशासनलाई दवाव दिइरहेका छन् । दवावपछि तनावमा रहेकाे स्थानीय प्रशासनकाे मनाेस्थिती कमजाेर भएकाे छ।

रुकुममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच बिभिन्न ठाउँमा कुटाकुट भएको छ । केही ठाउँमा दुबै तर्फका नेता–कार्यकर्ता  घाइते भएका छन् । । कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच रुकुमको बाँफिकोट, रातामाटा, चौरजहारी लगाएतका ठाउँमा झडप भएको हो । बाँफिकोट गाउँपालिका–६ मा भएको झडपमा कांग्रेस र माओबादीका आठजना कार्यकर्ता घाइते भएका छन् । रातामाटामा घरदैलो कार्यक्रममा रहेका कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रका कार्यकता माथी ढुङ्गा मुढा प्रहार गरेका थिए ।

मुसीकोट नगरपालिका भएको झडपमा ६ जना माओबादी कार्यकर्ता र निर्वाचन आयोगका कर्मचारी समेत घाईते भएका छन् । झडपमा सुवास खड्का, भोगबहादुर खड्का, रमेश खड्का, जीवन राज खड्का, डम्बर बिक, अनिल पुनमगर र दलवहादुर खड्का लगाएत घाईत भएका हुन् ।

चौरजहारी नगरपालिका मा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा कांग्रेस कार्यकर्ता भीमवहादुर ओली गम्भीर घाइते भएका छन् । टाउकोमा गम्भिर चोट लागेका उनको नेपालगञ्जमा उपचार भैरहेकाे छ । तरुण दलको बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न छोजेपछि झडप भएको तरुण दलले जनाएको छ भने आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको माओवादीको दाबी छ ।

 प्रधानमन्त्री प्रचण्डले आफ्नी छोरीलाई मेयर बनाउनकै लागि केही स्थानमा तालमेल  गरेपनि त्यसबाट तल्लो तहका नेता–कार्यकर्ता खुशी छैनन् भन्ने संकेत रुकुमलगायतका जिल्लामा ती दुई दलबीच भएको झडपले पुष्टी गरेकाे छ ।

 

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula