देउवाले भरतपुरमा यमराजको डण्डा चलेकाले एमालेको जीत सहज : एमाले नेता पाण्डे

प्रकाशित मिति :2017-05-07 09:21:59

चितवन ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकामा काँग्रेस नेतृत्वले यमराजको डण्डा चलाएकाले एमालेको विजयी सुनिश्चित बन्दै गएको बताउनु भएको छ । मेयर उम्मेदवार देवी ज्ञवालीको जीतलाई अझ सहज बनाएको उहाँको दावी रहेको छ ।

भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता पाण्डेले महानगरमा एमालेको सशक्त सांगठनिक अवस्था, समृद्धीका स्पष्ट योजना र लक्ष्य रहेकाले जीतको आधार तयार भएको स्पष्ट पार्नुभयो । “यी कुराहरू त छदै थिए, त्यसमाथि काँग्रेस नेतृत्वले यमराजको डण्डा चलाएर तालमेल ग¥यो, असली काँग्रेसहरुले यो सहन गर्न सकेका छैनन् – पाण्डेले भन्नुभयो – असल, ईमान्दार र स्वच्छ छविका देवीजीको जीत निश्चित भयो ।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई मेयरमा जिताउन काँग्रेस सभापति शेरवहादुर देउवासँग तालमेलको समझदारी गरेका थिए । काँग्रेस सभापती देउवाको यो निर्णय पछि चितवनमा काँग्रेसका असली र पुराना कार्यकर्ताहरूमा निराशा छाएको छ ।

काँग्रेस र माओवादीको कुण्डली नै नमिल्ने धारणा राख्दै पाण्डेले जमिन्दारी आदेशको भरमा लोकतन्त्रका पक्षपाती सचेत जनताले माओवादीलाई भोट नदिने ठोकुवा गरे । राष्ट्रियताको सम्वद्र्धन र विकासको जनचाहाना पुरा गर्न एमाले प्रतिबद्ध रहेको पूर्व अर्थमन्त्री पाण्डेको भनाई छ । आगामी १० वर्ष भित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, शिक्षामा २० प्रतिशत बजेट सुनिश्चित गर्ने, बृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पु¥याउने लगायतका कार्यक्रम एमालेको रहेको पाण्डेले जानकारी दिनुभयो ।

– तीर्थ नेपाल

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula