स्थानीय तहमा एमालेको अग्रता, ३१३ मा एमालेका १४२ निर्विरोध

प्रकाशित मिति :2017-05-07 09:04:34

काठमाडौँ ।
‘बिहानीले उज्यालोको संकेत गर्छ’ भने झैँ करिब २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन आउन अझै केही बाँकी छ । तर, केही ठाउँमा आगामी पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधि सर्वसम्मत रुपमा चुनिन थाल्नु भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३ सय १३ जना निर्विरोध निवार्चित हुनु भएको । यसरी निर्वाचित हुनेमा एमाले निकै अघि देखिएको छ ।

राष्ट्रियताका पक्षमा बलियो अडान राख्दै आएको एमाले निर्वाचनबाट पहिलो हुने त निश्चित नै छ । निर्विरोध भएका ठाउँमा पनि एमाले नै पहिलो भएपछि अब एमालेको विजयी लहरलाई कसैले छेक्न सक्दैनन् भन्ने सन्देश आम नेपाली प्रवाहित भएको छ ।  यही वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । सो निर्वाचन अघि नै केही स्थानमा उम्मेदवारी दर्ता भएकै दिन र केहीमा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

आयोगले दिएको जानकारी अनुसार एमाले  १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ४२ जना निर्वाचित हुनुभएको हो । राप्रपाका ४ तथा नयाँ शक्ति र परिवार दलको १–१ जना उम्मेदवार पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

एमालेपछि दोस्रो नम्बरमा सत्तारूढ तथा संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसका ९४ जना निर्विरोध निर्वाचित भएका छन ।  तेस्रो नम्बरमा अर्को सत्तारूढ दल नेकपा माओवादी केन्द्र रहेको छ । उसका ३६ जना कार्यकर्ता स्थानीय तहमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी स्थानीय निकायमा स्वतन्त्रबाट उठेका ३२ जना जनप्रतिनिधि पनि निर्विरोध भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना कार्यकर्ता निर्विरोध भएका छन । निर्विरोध हुनेमा नेपाल मजदुर किसान पार्टीबाट दुईजना रहेका छन् । त्यस्तै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट एकजना जनप्रतिनिधि निर्विरोध भएका छन् । एकनाथ ढकालको परिवार दलका पनि एकजना निर्विरोध भए ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निवार्चित हुनुभएको हो । डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार मल्लटसी गुरुङ निर्विरोध हुनुभएको हो । त्यसैगरी मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसका मिङमा छिरिङ लामा र उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कोन्जो तेन्जिङ लामा निर्विरोध हुनुभएको छ । ५६ वडाध्यक्ष पनि निर्विरोध निवार्चित हुनुभएको छ । ६३ महिला वडा सदस्य, ७७ दलित महिला सदस्य र ११६ खुलातर्फका वडा सदस्य पनि निर्विरोध निर्वाचित हुनुभएको हो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula