काँग्रेसको प्रजातन्त्र अदालत माथिको हस्तक्षेप हो – एमाले सचिव भट्टराई

प्रकाशित मिति :2017-05-07 03:33:51

गोरखा,२३ वैशाख

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली नेपाली काँग्रेसले भन्ने गरेको प्रजातन्त्रको परिभाषा अदालत ,प्रहरी प्रमुख नियुक्ति र निर्वाचन आयोग माथिको हस्तक्षेपमा परिणत भएको दाबी गर्नुभएको छ । गोरखाको दशकिलोमा आज आयोजित गोरखाको नगरपालिका स्तरीय चुनावी सभामा बोल्दै एमाले सचिव भट्टराईले काँग्रेस र माओवादी केन्द्रले अदालत माथि हस्तक्षेप गरेर कानुनी राज्य मान्यता र शक्ति पृठकीकरण सिद्धान्त ठाडै उल्लंघन गरेको प्रसङ्ग उल्लेख गर्दै नेपाली कुनै पनि जातजातिले बोल्ने भाषा नहुदा नहुदै हिन्दु भाषा लाई मान्यता दिने काँग्रेस र माओवादीको कुचेष्टा कुनै पनि हिसाबले एमाले लाई मान्य नहुने बताउँनुभयो ।

उल्लेख्य सहभागिता रहेको उक्त गोरखा नगरपालिका स्तरीय सभालाई एमाले बैकल्पीक केन्द्रीय सदस्य रामशरण बस्नेत ,नगर प्रमुखका उम्मेदवार विशेश्वर कट्टेल ,उपप्रमुखका उम्मेदवार सम्झना देवकोटाले लगायतले सम्बोधन गर्नुभएको थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula