एमाले उम्मेदवार माथि आक्रमण

प्रकाशित मिति :2017-05-06 17:42:35

नुवाकाेट

नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरी गाउंपालिका वडा नं. ७ मा नेकपा एमालेका कार्यकर्तामाथि शुक्रवार आक्रमण भएको छ । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको सो स्थानमा चुनावी प्रचाप्रसारका लागि पुगेका एमाले उम्मेदवार तथा कार्यकर्तामाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले लाठी प्रहार गरी  घाइते वनाएका छन् ।

सो वडामा एमालेका तर्फवाट वडाध्यक्षका उम्मेदवार राजाराम गुणीसिहतकाे टाेलीलाई ६ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताले आक्रमण गरेको नेकपा एमालेले जनाएको छ । आक्रमणवाट घाइते गुणीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula