पाँचखालमा महिला मात्रै उम्मेदवार

प्रकाशित मिति :2017-05-05 18:39:55


काभ्रे

पाँचखाल नगरपालिकाको वडा नं. ३ मा अध्यक्षदेखि सदस्यसम्म महिला उम्मेदवार मात्र रहेका छन् । देशैभरी महिलाको सहभागिता रहे पनि पाँचखालको वडा नं. ३ मा चाहि महिला मात्रै उम्मेदवार रहेका हुन ।
त्यस वडामा उम्मेदवार भएका सबै उम्मेदवारले महिलामैत्री वडाको रुपमा स्थापित गर्न चाहेको बतनाएका छन् । त्यस वडामा अध्यक्षमा विमला शर्मा,महिला सदस्यमा गिरु नेपाल,दलितमा मैना सार्की,खुल्ला सदस्यहरुमा पार्वती लुईटेल र रोहित कुमारी हुमागाईँको उम्मेदवार परेको छ ।
म्हिलामैत्री वडा निर्माणका लागि उहाँहरुको सक्रिय सहभागिता रहने उनीहरुको भनाई रहेको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula