सर्वोच्चको निर्णयले सरकार नैतिक संकटमा : नेता भट्टराई

प्रकाशित मिति :2017-05-05 16:58:23


काठमाडौ ।

सर्वोच्च अदालतले प्रधानन्यायधिश शुसीला कार्कीलाई काममा फर्किन दिएको अन्तरिम आदेशको नेकपा एमालेले स्वागत गरेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सर्वाेच्चकाे आदेशपछि प्रतिक्रिया दिदै पुष्पकमल दाहाल नेतृत्वको सरकार नैतिक संकटमा परेको बताउनुभयो ।

रातो सूर्य डट कमसँग कुरा गर्दै सचिव भट्टराईले सर्बोच्चको यो निर्णयले सत्तारुढ दलहरुलाई नराम्रो झापट हानेको बताउनुभयो । उहाँले थप्नुभयो – अब सर्बोच्चको निर्णयपछि प्रधानमन्त्री प्रचण्डले सोच्नुपर्छ कि पदमा बसी रहने की नरहने ? यो गम्भिर प्रश्न प्रधानमन्त्री माथि उब्जिएको छ । साथै प्रधानन्यायाधीश कार्की सर्बोच्च अदालतमा फर्किेने आदेशले यो सत्ता गठबन्दनको असफलता र पराजय शुरु भएको संकेत गरेको छ । साथै सत्तागठबन्धनको निर्लज्जतालाई समेत प्रकट गरेको छ ।

सचिव भट्टराईले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउने सरकारको कदम नै धुन्धुकारी भएको बताउदै त्यसका बिरुद्ध नेकपा एमाले लगायतका दलहरु, नागरिक समाज, बुद्धीजिवीहरु एकताबद्ध भएको उल्लेख गर्नुभयो । “सत्तारुढ दलको यो कदम असंवैधानिक भएकोले सच्याउनु पर्दथ्र्यो । नेकपा एमाले लगायतका दलहरुले यो प्रस्ताव फिर्ता लिन सरकारलाई दवाब पनि दिएका थिए । तर सरकारले सुरक्षित बाटो अपनाएन जसले गर्दा सर्बोच्चको निर्णयपछि सरकार धरापमा परेको छ । ” भट्टराईले भन्नुभयाे ।

यसैबीच सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्काउन आज अन्तरिम आदेश दिएको छ । न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत अवस्थामा काममा फर्काउन सरकार र संसदका नाममा अन्तरिम आदेश दिएको हो।
न्यायाधीश राणाको इजलाशले आजैका मितिदेखि प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत् अवस्थामा सर्वोच्च अदालतको काममा फर्काउन अन्तरिम आदेशसमेत दिएको छ ।

महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा अन्तरिम आदेश जारी गरेको हो।

यसअघि सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश काकीविरुद्ध गत आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula