वंश परम्पराको सुरुवात प्रचण्डले गर्न खोजे : ज्ञवाली

प्रकाशित मिति :2017-05-05 12:47:01


चितवन ।

नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार देवी ज्ञवालीले पुत्री मोहका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वंश परम्परा सुरुवात गरेको बताउनुभएकाे छ ।

भरतपुर महानगरपालिका वडा नंं. २ ले आपटारीमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले समाप्त भइसकेको राजसस्थाको वंश हस्तान्तरण कार्य माओवादीमा सुरु भएको बताए । हिजो राजाहरुले आफूपछि आफ्नै सन्तानलाई मात्र राज्य सत्तामा ल्याउने काम गरेका थिए उनले भने यही कारण राजसस्थाको अन्त्य भएको थियो । वर्षौदेखि योगदान दिएका माओवादीका कार्यकर्ता नेताहरुको भावनालाई ठेस पु¥याएर छोरीलाई सत्ता दिनको लागि प्रचण्डले गरेको कार्यले स्वयम पार्टीलाई असर पुगेको बताउनुभयाे ।|

आफ्नो प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका उम्मेदवारको नाम फिर्ता गराएर माओवादसंग एकता हुदा काँग्रेसीजनको भावनामा पुगेको आघातलाइ आफूले मनन गरेको बताउनुभयाे । ४० वर्षदेखि यही भूमिमा सवैको प्रतिनिधित्व गर्दै समाज सेवामा लागेकाले काँग्रेसीजनका मित्र र माओवादी केन्द्रका कर्मठ साथीहरुको प्रतिधित्व आफूले गर्ने बताउनुभयाे । यही माटोमा हुर्केर यही माटोको लागि असल र उत्कृष्ट काम गर्ने योजनाका साथ आफू महानगरको प्रमुख पदमा आफूले चाहना व्यक्त गरेको बताउनुभयाे ।

सवैको माया र साथले आफूले मेयरमा जिते महानगरलाई विश्वका राम्रा शहर जस्तै वनाउने सपना अाफ्रनाे सपना सुनाउनुभयाे ।  उपमेयरका उम्मेदवार दिव्या शर्माले महानगरलाई सम्वृद्धशाली वनाउनको लागि आफ्नो प्रष्ट योजना भएको स्पष्ट पार्नुभयाे ।  कार्यक्रममा अापटारीका वडा अध्यक्षका उम्मेदवार पूर्णवहादुर श्रेष्ठले वडावासीको चाहना अनुसार आफूले काम गर्ने बताए ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula