देउवाको राजीनामा माग्दै कार्यकर्ताले भने-हँसिया हथौडासँग रूख साट्न पाइँदैन

प्रकाशित मिति :2017-05-04 17:01:35

 

चितवन: सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चारवटा महानगरमा चुनावी तालमेलको सहमति भएपछि कांग्रेस चितवनका कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको राजीनमा मागेका छन् ।

 

तालमेलको खबर सुनेपछि भरतपुरको  कमलनगरस्थित पार्टी कार्यालयमा जम्मा भएका उनीहरूले चर्को नाराबाजी गर्दै पार्टी साभापति शेरबहादुर देउवाको पुत्ला पनि दहन गरेका छन् ।

 

चितवनका नेता ,कार्यकर्ताले पार्टीको केन्द्रीय निर्णय नमान्ने चेतावनी पनि दिएका नारायणी अनलाइनले उल्लेख गरेको छ। चितवनका कांग्रेस कार्यकर्ताले हँसिया हथौडासँग रुख साट्न पाइँदैन,पार्टी सभापति राजीनामा दे जस्ता चर्का नारा लगाएतका थिए । कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

 

कांग्रेस–माओवादी सहमति अनुसार काठमाडौँ र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने छ । अर्कातिर भरतपुर महानगरमाओवादीलाई कांग्रेसले सघाउने छ । भरतपुरमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल मेयर पदमा उठेकी छन् ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula