वजेट अगावै दोस्रो चरणको निर्वाचन गर : एमाले

प्रकाशित मिति :2017-05-04 14:17:35

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका सन्दर्भमा विहीबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई भेटी दोस्रो चरणको निर्वाचन नयाँ वजेट घोषणा अगावै गर्न र पहिलो चरणको मत गणना पनि दोस्रो चरणको मतदान पछि मात्र गर्न ध्यानाकर्षण गराएको छ । 

नेकपा एमाले संसदीय दलका उपनेता तथा संसदीय बिभाग प्रमुख सुवासचन्द्र नेम्बाङको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बिना कुनै औचित्य १ महिनाको अन्तराल राखेर दुई चरणमा निर्वाचन गर्न भनी सरकारले गरेको निर्णयले अन्यौल, अनिश्चित र द्विविधा उत्पन्न गरेको जनाएको हो । दुई चरणमा निर्वाचन गराउने गंभीर निर्णय गरिरहँदा निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दलसँग सामान्य परामर्श गर्न पनि आवश्यक नठानेकोमा एमाले आश्चर्यचकित भएको जनाउदै पहिलो चरणको निर्वाचन समाप्त भए पश्चात अर्काे चरणको निर्वाचन प्रारम्भ हुनु अगावै मतगणनाको परिणाम प्रकाशन गर्ने कुराले निर्वाचनको स्वच्छता, मान्यता एवं निष्पक्षतामा समेत आघात पु¥याउने एमालेले जनाएको छ ।

नेपालको संविधानको धारा ११९ को उपधारा (३) ले आर्थिक वर्षको राजश्व र यसकोे अनुमान प्रत्येक वर्ष जेष्ठ १५ गते संघीय संसदमा पेश गर्ने व्यवस्था गरेको स्मरण गराउदै एमालले संविधानले गरेको यो सुनिश्चित र प्रष्ट व्यवस्थालाई वेवास्ता गर्ने, पालना नगर्ने वा अन्यथा गर्ने छुट कसैलाई नभएको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगमा बुझाईएको ध्यानाकर्षणपत्रमा भनिएको छ – दुई चरणको निर्वाचनका नाममा संवैधानिक वाध्यात्मक व्यवस्थालाई देखाएर न त सरकारले संसद समक्ष नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतिलाई टार्न मिल्दछ, न त बजेटका माध्यमबाट मतदातालाई प्रभावित गरेर निर्वाचनको निष्पक्षतामाथि नै आँच पु¥याउन मिल्दछ । तसर्थ संविधानको उल्लेखित एवं प्रष्ट व्यवस्थालाई मध्यनजर गर्दै २०७४ साल जेष्ठ १५ गते अगावै निर्वाचन सम्पन्न गर्ने उपयुक्त व्यवस्थाका सन्दर्भमा नेपाल सरकारलाई स्पष्ट परामर्श गर्न आयोगको ध्यानाकर्षण गराउँदछौ ।

दोस्रो चरणको निर्वाचन मिति घोषणा भएको दिन ईश्लाम धर्मालम्बीहरुको महान पर्व एवं पवित्र दिन रमजानको परेको भन्दैे मतदान गर्ने उक्त दिनमा हजारौ ईश्लाम धार्मावलम्वीहरुको सहभागिता नहुने सक्ने कुरामा सरकार र आयोगको ध्यान पुग्न नसकेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

साथै, निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न र बढी भन्दा बढी मतदाताहरुलाई निर्वाचनमा सहभागी बनाउन तदनुकूलको सुरक्षा प्रबन्ध गर्न पनि सरकार र आयोगको ध्यानकर्षण गराईएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula