कांग्रेसले ५ हजार ५६४ दिन सरकार चलाउँदा के काम भयाे ? : पाेखरेल

प्रकाशित मिति :2017-05-04 11:00:53

काठमाडौं ।  नेकपा (एमाले) का महासविच ईश्वर पोखरेलले बजेट आउने दुई सातापछि हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन आफ्नो पार्टीलाई स्विकार्य नहुने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय प्रचार विभागले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधानमा जेठ १५ मा बजेट ल्याउने स्पष्ट व्यवस्था हुँदा हुँदै सरकारले आफूहरुको पनि परामर्शविना जेठ ३१ गते दोस्रो चरणको स्थानीय निर्वाचन तय गरेका जनाउनुभयो । ‘पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा यति लामो ग्याप राखिनु आफैमा गलत छ, त्यसमा पनि बीचमा पर्ने बजेटबारे सरकारलाई थाहा हुँदा हुँदै किन यस्तो निर्णय गरियो ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘पहिलो चरणको निर्वाचनको मत गणना कहिले गर्ने ? एक महिनासम्म कुर्ने हो भने मतपत्रको सुरक्षाको सुनिश्चितता के गर्ने ? अनि बजेट के गर्ने ?’ जेठ ३१ मा मुस्लिम समुदायको पवित्र पर्व पनि पर्ने भएकाले सो दिन निर्वाचन तोक्नु त्यस हिसाबले पनि असान्दर्भिक भएको उहाँको तर्क थियो ।
महासचिव पोखरेलले यसबारेमा निर्वाचन आयोगले सरकारलाई सामान्य ध्यानाकर्षण गरेपनि स्पष्ट निर्देशन दिन नसकेको र निर्वाचन आचारसंहिताको उलङ्घनका सम्बन्धमा आज पार्टीले आयोगलाई ध्यानाकर्षण गराउने जानकारी दिनुभयो । संविधान संशोधनको प्रस्ताव राष्ट्रिय हित विपरीत र वर्तमान रुपान्तरित संसद्को अधिकारभन्दा बाहिरका विषय भएकाले त्यसलाई पनि आफ्नो पार्टीले नमान्ने महासचिव पोखरेलले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘काँग्रेसका नेताहरुसँग संविधान संशोधनका विषयमा कुरा हुँदा मधेसी दललाई मनाउनका लागि ल्याइएको भनेर गैह्रजिम्मेवार जवाफ दिने गर्छन्, हामीले उनीहरुलाई भनेका छौ, काँग्रेस काँग्रेस जस्तो होस्, अरुको कार्यसूचीमा उत्रने नहोस् ।’

बहुदल आएपछि नेपाली काँग्रेसले सबभन्दा बढी समय सरकार चलाएको र एमालेले एक हजार ४ सय १२ दिन मात्र सरकार चलाएकाले यसबीचमा भएका विकृति र विसंगति तथा विकास नहुनुकाे प्रमुख जिम्मेवारी काँग्रेसले लिनुपर्ने तर्क गर्नुभयो ।

उहाँले स्थानीय आवश्यकता र जितको सुनिश्चितताका आधारमा स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गरिएको बताउनुभएको छ । निर्वाचनमा कसैको जित हारभन्दा पनि संविधानको कार्यान्वयका लागि निर्वाचनमा पार्टीले विशेष ध्यान दिएको बताउँदै उहाँले प्रधानन्यायाधीश सुशीला कार्कीविरुस्द्धको महाभियोगा प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका संसद् चल्न नदिने पनि उहाँले जनाउनुभयो । महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताउनुभयाे ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula