तनहुँ काँग्रेसको क्षेत्रीय सचिव एमालेबाट वडा अध्यक्षको उम्मेदवार

प्रकाशित मिति :2017-05-04 09:22:42

तनहुँ।
नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर २ का पुर्व सचिव विश्वराज न्यौपाने नेकपा एमालेको तर्फबाट व्यास नपा वडा नम्बर ४ को वडा अध्यक्षको उम्मेदवार बन्नु भएको छ । मंगलबार नेकपा एमाले प्रवेश गरेका न्यौपानेलाई एमालेले तत्कालै वडा अध्यक्षको टिकट दिएको थियो ।

लामो समयदेखी काँग्रेसको राजनीति गर्दै आएका न्यौपानेलाई काँग्रेसले वडा अध्यक्ष नबनाएपछि उनी सो पार्टीसँग असन्तुष्ट बनेका थिए । उनी काँग्रेस भित्र लोकप्रिय मानिन्छन् । युवा परिचालन र सामाजिक क्षेत्रमा न्यौपानेको भुमिका राम्रो रहेको थियो । उनलाई वडा अध्यक्षको उम्मेदवारी बनाउन काँग्रेस भित्रैबाट चर्काे दवाव परेको थियो ।

काँग्रेसले सो वडाको अध्यक्षमा बुद्धिकुमार श्रेष्ठलाई टिकट दिएपछि न्यौपाने सहितका ५० भन्दा बढि कार्यकर्ताहरुले सो पार्टीबाट बिद्रोह गरेका छन् । युवा नेता न्यौपाने र क्या.मानबहादुर गुरुङको नेतृत्वमा ५० भन्दा बढि युवाहरु मंगलबार एमालेमा प्रवेश गरेका थिए । एमालेले न्यौपानेलाई वडा अध्यक्ष र गुरुङलाई सदस्यको टिकट दिएको छ । पार्टी प्रवेश कार्यक्रममा बोल्दै न्यौपाने र गुरुङले आफुहरुले जिवनको लामो समय काँग्रेस पार्टीमा समर्पित गरेपनि काँग्रेसले जनताको पक्षमा कहिल्यै काम गर्न नसकेको हुँदा जनताको प्यारो पार्टी एमालेमा समाहित भएको बताउनु भयो । ।

एमालेको यस अघि वडाअध्यक्षको रुपमा उम्मेदवारी दिएकी बसुन्धरा घर्तीले पार्टीको जित नै आफ्नो जित भएको हुँदा पार्टीको जित सुनिश्चितताकोलागि आफुले उम्मेदवारी त्याग्ने घोषणा गर्नु भयो । । घर्ती वडा सदस्यमा उम्मेदवार बन्नु भएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज प्रतापलाल श्रेष्ठ, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, व्यास नगर संयोजक श्रीराम कार्की, नगर सचिवालय सदस्यहरु बसुन्धरा घर्ती, इश्वर विष्ट र ऋषिराम भुषालले पनि मन्तव्य राख्नु भएको थियो  ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula