एमाले स्याङजाले विजयको खाता खोल्यो

प्रकाशित मिति :2017-05-04 09:04:07

हिमलाल पराजुली
स्याङजा
स्थानिय तहको निर्वाचनको माहोल तातिरहेको बेला नेकपा एमाले स्याङजाले विजयको सुरुवात गरेको छ । स्याङजाको कालिगण्डकी गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट दलित महिला सदस्यमा उमेदवार बन्नुभएकी कल्पना दमै निर्विरोध निर्वाचित हुनुभएको छ ।

कालिगण्डकी गाउँ पालिकाको वडा.न. ७ बाट उमेदवारी दिनुभएकी दमै अन्य दलित महिलाको उमेदवारी नपरेपछी उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । यसको आधिकारीक जानकारी निर्वाचन आयोगले घोषणा गर्न बाकी छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula