बसन्त मानन्धर भन्छन –विद्यासुन्दर जिताउन घर दैलोमा हिड्न थालिसकें

प्रकाशित मिति :2017-05-03 17:18:07

काठमाडौ महानगरपालिकाको मेयरका आकांक्षी रहेका नेकपा (एमाले)का युवा नेता बसन्त मानन्धरले पार्टी केन्द्रले निर्णय आफनो पनि निर्णय भएकोले काठमाडौ महानगरपालिकाको मेयरमा सुर्यध्वजा बाहक उमेदबार बिधासुन्दर शाक्यलाई अत्यधिक मतबाट बिजय गराउन आफु जनताको घरदैलोमा जान थालिसकेको बताउनुभएको छ ।
उमेदबारी दर्तासंगै आफुले पार्टीले उठाएको परिबर्तनको झण्डालाई उचो बनाउनका निम्ति सुर्य चिन्हको पक्षमा आम महानगरबासीलाई गोलबन्द गर्ने गरी योजना समेत बनाएको जानकारी गराउनुभएको छ ।

युवा नेता मानन्धरले अहिलेको बस्तुगत आबश्यकतालाई दृष्टिगत गरेर नै पार्टीले ज्वजल्यमान र अनुशासित निर्भिक ब्याक्तित्व बिधासुन्दर शाक्यलाई महानगरपालिकाको मेयरमा अगाडि सारेको छ यो अत्यन्तै सामयिक निर्णय भएको उल्लेख गर्नुभएको छ । मानन्धरले भन्नुभएको छ – काठमार्डाैको भुगोललाई बुझेको एक कुशल संगठक शाक्य महानगरका जनताले रुचाइएका थोरै मध्येका एक हुनुहुन्छ ।

राष्ट्रिय राजनीतिको बदलिदो परिस्थितिलाई ख्याल गर्देै पार्टी केन्द्रले काठमाडौ महानगरपालिकामा राप्रपासंग चुनाबी तालमेल गरेको र यो तालमेलले एमाले राप्रपा गठबन्धन बिजयको सघारमा पुगिसकेको छ, युवा नेता मानन्धरले भन्नुभएको छ –उमेदबारी दर्तासंगै आम जनतामा दे्खिएको उत्साहले स्थानीय तहको निर्बाचनमा एमालेको पक्षमा जनलहर देखिएको छ ।

नेकपा एमालेले उठाएको आर्थिक समृद्धि र समाजबादउन्मुख कार्यक्रमहरु यो स्थानीय तहको निर्बाचन परिणामबाट अनुमोदन हुने भएका छन –एमालेका युवा नेता भन्नुहुन्छ –म पनि मेयरको आकांक्षीको हैसियतले भन्छु कि पार्टीले गरेको निर्णय मेरो पनि निर्णय हो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula