निर्वाचन आचारसंहिता बिपरित उद्योग मन्त्री आफै उम्मेदवार लिएर निर्वाचन कार्यालयमा

प्रकाशित मिति :2017-05-02 11:55:28

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका लागि काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार राजुराज जोशीको उम्मेदवारी दर्ता गराउन उद्योग मन्त्री नविन्द्रराज जोशी आफै निर्वाचन कार्यालय पुगेका छन् ।

यसरी मन्त्री आफै उम्मेदवार लिएर हिड्नु निर्वाचन आचारसंहित विपरित हो ।

यही बेला प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादव आफै निरीक्षणका लागि राष्ट्रिय सभागृहस्थित  निर्वाचन  कार्यालय आएको बेला परेको छ ।

मन्त्री जोशी उम्मेदवारलाई लिएर आएर उम्मेदवारी दर्ता गराउन खटिइरहेका बेला प्रमुख निर्वाचन आयुक्त निरीक्षणको क्रममा कार्यालय भित्रै छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula