यस्तो छ भरतपुर विकास गर्ने एमालेको योजना

प्रकाशित मिति :2017-05-02 06:15:08

काठमाडौं, १९ वैशाख
चार वटा महानगरपालिकामध्ये भरतपुर महानगरपालिकाको मेयरमा नेकपा(एमाले)ले देवी ज्ञवालीलाई उम्मेदवार बनाएको छ । ज्ञवाली एमालेका पुराना र संघर्षशील नेतामा पर्नुहुन्छ । उहाँ २०५४ मा एमालेको तर्फबाट तत्कालीन भरतपुर नगरपालिकाको उपमेयर निर्वाचित भएर नगरको विकासमा उल्लेख्य भूमिका पूरा गरेका जनप्रतिनिधि हुनुहुन्छ ।

उहाँ बाल्यकालदेखि नै कम्युनिष्ट आन्दोलनमा आवद्ध हुनुभएको हो । २०३० मा पुष्पलाल समूहको बालसाँस्कृतिक समूहको सदस्यका रुपमा राजनीतिक यात्रा सुरु गर्नुभएका ज्ञवाली पर्वतबाट चितवन बसाई सरेपछि २०३४ को अन्तमा कोअर्डिनेशन केन्द्रसँग सम्बन्धित रहेर विद्यार्थी फाँटको जिम्मा लिनुभएको थियो । २०३५ रेडगार्डको सदस्य, २०३६ मा युथलिग, ०३७ मा तत्कालीन माले निकट अनेरास्ववियु चितवनको अध्यक्ष हुनुभएको थियो । ०३८ मा पार्टीको निर्णयअनुसार तत्कालीन मालेको पूर्णकालीन भएर राजनीतिमा होमिनुभएको थियो । २०३९ मा चितवन जिल्ला संगठन कमिटीको सदस्य, ०४२ मा मकवानपुर जिल्ला सदस्य, ०४६ भदौमा सिराहामा भएको मालृेको चौथो महाधिवेशनमा प्रतिनिधि हुनुहुन्थ्यो ।

२०४६ को कात्तिकपछि बाराको जिल्ला सचिव हुँदै तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीले उद्घाटन गर्नुभएको चितवन अधिवेशनबाट जिल्ला कमिटी सचिव चयन हुनुभयो ।

माले–माक्र्सवादी एकीकरणपछिको पनि उहाँ पार्टी सचिव हुुुनुहुन्थ्यो । २०४९ मा भएको एमालेको पाँचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादको पक्षमा चितवनको प्रवक्ताकै भूमिका निर्वाह गर्नुभएको थियो । २०५० देखि ०५४ सम्म एमाले नारायणी अन्चल सचिव रहनुभएकाह ज्ञवाली ०५४ मा भएको स्थानीय निर्वाचनमा भरतपुर नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभयो । २०५९ देखि ०६१ सम्म ज्ञवाली पुनः चितवन जिल्ला कमिटी सचिवको जिम्मेवारीमा रहनुभयो । ज्ञानेन्द्रले २०६१ माघ १९ गते लादेको निरंकुशताविरुद्ध जुलुस प्रदर्शन गर्दा पहिलो गिरफ्तारी दिनेमा ज्ञवाली हुनुहुन्थ्यो । २०६२÷०६२ मा भएको जनआन्दोलनमा पनि उहँँ धेरैपटक गिरफ्तार र जेल पर्नुभएको थियो । २०६४ मा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएका ज्ञवाली अहिले पार्टीको केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।

२०५४ मा एमालेले जितेपछि भरतपुर नगरपालिकामा धेरै विकास भएको छ । भरतपुर नगरपालिकामा एमालेबाट जितेका ज्ञवाली सहितको टीमले दीर्घकालीन महत्वका परियोजनाहरु सम्पन्न गरेको थियो । भरतपुर महानगरपालिकाको विकासको जग नै एमालेबाट जितेका जनप्रतिनिधिले गरेका थिए । भरतपुर नगरपालिकामा ब्यवस्थित बसपार्कको अभाव थियो । २०५४ मा नगरपालिकामा नयाँ नेतृत्व आएपछि साझा सहकारीसँग चार बिघा जग्गा लिएर केन्द्रीय बस टर्मिनल निर्माण ग¥यो । जसलाई पनि राजावादीहरुले पारस बसपार्क समेत भने । जुन जग्गाको मूल्य अहिले प्रतिकट्ठा २ करोड पर्छ । यो बसपार्क निर्माणलाई भरतपुरको विकासमा महत्वाकांक्षी योजनाका रुपमा लिइन्छ ।
०५४ सम्म भरतपुरका जनता खानेपानी अभावले काकाकुलको अवस्थामा थिए । एमालेबाट जितेको भरतपुर नगरपालिकाको नेतृत्वले खानेपानीको विकराल समस्यालाई गम्भीरतापूर्वक लिएर एसियाली विकास बैंकको सहयोगमा खानेपानी योजना संचालन ग¥यो । डिप ट्यूबेल र ओभरहेड ट्यांकी निर्माण गरी भरतपुरको खानेपानी समाधान गर्न सफल भएको थियो ।

नारायणगढ बजारमा ढल निकासको समस्या थियो । ढल ब्यवस्थापन नभएकाले सिधै नारायणी नदीमा मिसिने गर्दथ्यो । नगरपालिकाले ढल ब्यवस्थापन गरी नारायणी नदीमा जानबाट रोक्ने काम गरेको थियो । नारायणी नदीलाई प्रदूषणबाट जोगाउने काम पनि नगरपालिकाले गरेको उल्लेखनीय कामका रुपमा लिइन्छ । नारायणगढमा सडक ब्यवस्थापनका लागि फुटपाथ बनाउने, सहरी वातावरणी सुधार आयोजना अन्तर्गत बृक्षरोपण गरी सहरको सुन्दरता बढाउने काम गरेको अहिले पनि देखिन्छ । पोखरा (महेन्द्र) बसपार्क निर्माण, लाइन्स चोकको तरकारी बजार ब्यवस्थापनको काम पनि भएका छन् ।

०५४ मा निर्वाचित नेतृत्वले ५ बर्षको कार्यकालमा भरतपुर नगरपालिकाभित्र १ सय किमी सडक कालोपत्रे (पीच) गरेको छ । विद्युत प्राधिकरणले गर्न नसकेका नगरपालिकासँग जोडिएका धेरै ग्रामीण क्षेत्रमा नगरपालिकाले विद्युतीकरणको काम अगाडि बढाएको थियो । नगरपालिकासँग जोडिएका गाउँमा २ सय किमी सडक ग्राभेल गराएको थियो । एमालेकै नेतृत्वमा जितेको नगरपालिकाको टीमले भरतपुरको रिङरोडको परिकल्पना गरेको थियो । रिङरोडको प्रारम्भिक आधार समेत तयार गरिएको छ । जसअ अन्तर्गत भरतपुर नगरपालिका ११, १२ र ८ मा रिङरोडको ट्«याक खोल्ने काम समेत भइसकेको छ ।

धार्मिक पर्यटनको उन्नतिका लागि देवघाटको महत्वलाई देश विदेशमा फैल्याउने काममा पनि नगरपालिकाले भूमिका खेलेको छ । नगरपालिकाकै आग्रहमा देवघाट विकास समिति गठन भएर धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण स्थलका रुपमा विकास भएको छ ।

अबको भरतपुर महानगरपालिका कस्तो बनाउने ?

एमालेले भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवारका रुपमा अगाडि सारेका देवी ज्ञवालीका आगामी एजेन्डा के के छन् ? एमालेले अगाडि सारेको स्मार्ट सिटीको अवधारणा लागु गर्नु नै आफ्नो प्रमुख एजेन्डा भएको ज्ञवाली बताउनुहुन्छ । सुुन्दर, शान्त, ब्यवस्थित र आकर्षक भरतपुर नै आफ्नो एजेन्डा भएको ज्ञवाली बताउनुहुन्छ । भरतपुरलाई एक नमूना लायक र बसोबासयोग्य सहर बनाउने सपना मसँग छ, कसरी बनाउने भन्ने योजना मसँग छन्, उहाँले भन्नुभयो, २९ वडा रहेको भरतपुर महानगरपालिकाका प्रत्येक वडामा एक उद्यान हुनेछ । प्रत्येक वडामा ब्यवस्थित सडक संजाल निर्माण गरिनेछ । भ्रष्टाचार जस्ता क्रियाकलाप अन्त गर्न ई म्रौदिक नीति अगाडि ल्याइनेछ । पर्यटनको विकास र प्रबद्र्धन गरी रोजगारी सृजना गरेर यहाँका जनताको जीवनस्तर सुधार गरिनेछ ।

भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गरिनेछ । महानगरको विकास र रोजगारी सृजना गर्न आन्तरिक र बाह्य दुवै लगानी आकर्षित गरिनेछ । पूर्वाधार विकासका सन्दर्भमा रिङरोड तथा सडक संजालको विकास गरिनेछ । विद्युतीय रेल संचालनको आधार सृजना गरिनेछ । घरबारविहीन सुकुम्बासीलाई जनता आवास कार्यक्रम अन्तर्गत आवासको ब्यवस्था गर्नेछ । ज्ञवालीले भन्नुभयो, मानवीय सीप विकासकालागि तालिमहरु संचालन गर्ने, महानगरपालिकाका पहाडी क्षेत्रलाई समर हिल स्टेसनका रुपमा विकास गर्नेछौं ।

मेयरका उम्मेदवार ज्ञवालीका अनुसार एमालेको घोषणापत्रको एक घर एक रोजगारीको अवधारणा भरतपुर महानगरपालिकाबाटै कार्यान्वयनको सुरुवात गरिनेछ । शिक्षा र स्वास्थ्यको नागरिकको आधारभूत अधिकारको सुनिश्चितता गरिनेछ । बृद्धभत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्तामा राज्यबाट दिएको भन्दा थप गर्नेछौं । महानगरपालिकाले आफ्नै स्रोतबाट सामाजिक सुरक्षा भत्ता थप गर्नेछ । नारायणी नदीका उचित तटबन्ध गरी तटीय सहरको रुपमा विकास गर्नेछौं ।

जल यातायात मार्फत् आन्तरिक र बाह्य पर्यटक आकर्षित गरी महानगरको विकास गर्नेछौं । नदीका दुवै किनारामा आधुनिक सहर निर्माण गर्नेछौं र वन्यजन्तु अवलोकन केन्द्रको रुपमा विकास गर्नेछौं । मेघौलीमा थारु संग्रहालय निर्माण गरिनेछ । युवालाई परिचालन गर्न शारदानगर र गुन्जनगरमा रंगशाला निर्माण गर्ने र आधुनिक सभा हल निर्माण गर्ने छौं । कृषि क्षेत्रको विकासका लागि पोल्टी उद्योगमात्र होइन, अरु क्षेत्रको विकासका योजना ल्याउनेछौं । विश्वका समृद्ध र विकसित महानगरपालिकाहरुसँग भगिनी सम्बन्ध कायम गरी पारस्परिक सहयोग आदान प्रदान गरिनेछ ।

 उपप्रमुखका एमाले उम्मेदवार दिव्य शर्माको यस्तो छ सपना 

स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि नेकपा एमालेले भरतपुर महानगरपालिकाको उपमेयरमा दिव्य शर्मालाई उम्मेदवार बनाएको छ ।

२० वर्षदेखि नेकपा एमालेमा क्रियाशील आचार्य भरतपुरबासीबीच निकै लोकप्रीय हुनुहुन्छ ।  
२०५४ सालमा चितवनको पार्वतपुर गाउँ विकास समितिको अनेमसंघको अध्यक्षबाट राजनीति शुरु गर्नुभएकी शर्मा अनेमसंघको जिल्ला उपाध्यक्ष, पार्टीको क्षेत्रीय सदस्य हुँदै जिल्ला कमिटी सदस्य हुनुभयो । तत्कालिन नारायण नगरपालिकाको इञ्चार्ज हुँदै हाल आचार्य चितवन नेकपा एमाले जिल्ला कमिटीको सल्लाहकार हुनुहुन्छ ।
२०३० साल जेठ १४ गते भरतपुर महानगरपालिका–१४ मा जन्मिनुभएकी शर्मा सामाजिक अभियन्ताको रुपमा पनि महानगरबासीबीच परिचित हुनुहुन्छ । थुप्रै सामाजिक संघ संस्थामा रहनुभएकी शर्मा सबै खालका उमेर समूहबीच चर्चित हुनुहुन्छ ।

उपमेयरको उम्मेदवार बन्दै गर्दा उहाँले भरतपुर महानगरपालिकालाई कस्तो बनाउने भन्ने विकासको खाका पनि अघि सार्नुभएको छ । स्थानीय विकास र समृद्धिमा विशेष जोड दिनुभएकी दिव्य शर्मासँग भरतपुर महानगरपालिकाको विकास र समृद्धिको सुन्दर खाका पनि छ । भरतपुर महानगरपालिकालाई पर्यटकीय शहरको रुपमा विकास गर्ने उहाँको योजना छ । त्यस्तै, महानगरपालिका भित्रको अव्यवस्थित वसोवास, बजार र सुकुम्वासी बसोवासलाई व्यबस्थित गर्ने, बढ्दो जमिन खण्डीकरणलाई रोक्ने, महानगरपालिका भित्रको सडकलाई विस्तार गरी ४ देखि ६ लेनको बनाउने र सडकको दायाँबायाँ हरियाली बनाउने उहाँको योजना छ ।

नारायणीदेखि राप्ती तथा पूर्वमा देवनगरहँदै भरतपुरसम्मको रिङरोडको अवधारणा पनि शर्माले अघि सार्नुभएको छ । नारायणी र राप्ती कटानलाई नियन्त्रण गर्न तटबन्ध निर्माण तथा सौराहा बोद्धकमाडीसम्म केवलकार निर्माण पनि उहाँको प्राथमिकतामा छ ।

उपमेयरकी उम्मेदवार शर्माले सामुदायिक तथा निजी विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा जोड दिनु भएको छ । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा तथा रोजगारमूलक कार्यक्रमको विस्तार, सरकारी र निजी विद्यालयमा एकै प्रकारको पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गर्दै सरकारी र निजी विद्यालयबीचको विभेद हटाउने पनि उहाँको योजना छ ।

पिछडिएका वर्ग, जनजाति, आदिवासी, दलित वर्गको जीवनस्तर उकास्ने योजना पनि उहाँले अघि सार्नुभएको छ । बालबालिको पोषण र स्वास्थ्य पनि उहाँको प्रथामिकता छ । खर्चको अभावमा कोही पनि उपचारबाट वञ्चित नहोस भनेर उहाँले महानगरपालिकाका प्रत्येक नागरिकको स्वास्थ्य बीमा कार्यक्रम पनि अघि सार्नुभएको छ । कम आयआर्जन भएका, बालबालिका तथा वृद्धवृद्धालाई निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रस्ताव पनि उहाँले अघि सार्नुभएको छ ।

एकल महिला र वृद्धवृद्धाका लागि पनि उहाँले थुप्रै कार्यक्रम अघि सार्नुभएकी शर्माले युवाहरुको विदेश पलायन रोक्न स्वरोजगार तथा उद्यमशिलता कार्यक्रम पनि अघि सार्नुभएको छ । कृषिको आधुनिकीकरण गरी विक्रेता र क्रेताबीचमा मूल्य निर्धारण गरी विचौलियाको ठगी रोक्ने अभियान पनि उहाँको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula