आज उम्मेदवारी मनोनयन हुँदै, एमालेका उम्मेदवारहरु मैदानमा

प्रकाशित मिति :2017-05-02 04:56:38

काठमाडौँ ।
स्थानीय तह निर्वाचनको पहिलो चरणअन्तर्गत आज विभिन्न तीन प्रदेशका स्थानीय तहमा उम्मेदवारी मनोनयन हुँदैछ । निर्वाचनमा भाग लिने सबै जसो दलले आफ्नो उम्मेदवारी चयन कार्य पूरा गर्दैछन् भने नेकपा (एमाले) यसमा अरुभन्दा अगाडि देखिएको छ ।

यही वैशाख ३१ गते हुने निर्वाचनका लागि एमालेले काठमाडौँ र ललितपुरबाहेक प्रदेश नं. ३, ४ र ६ का सबै महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाको उम्मेदवार तय गरेको छ । एमाले ती उम्मेदवारको सूची सार्वजनिक गरेको छ अन्य दलले एकीकृत सूची सार्वजनिक गरिसकेका छैनन् ।
|
एमाले प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा सबै उम्मेदवार निर्णय भइसकेको सकेको छ । प्रदेश ४ का ११ जिल्लामा ८३ तहमा पनि चयन भइसकेको छ । यसैगरी प्रदेश नम्बर ३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि आज बिहान एमाले शीर्ष नेताबीच परामर्श भइरहेको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula