हेटौडामा एमालेका तीन सपना : फराकिलो सडक, हरियाली र औद्योगिक शहर

प्रकाशित मिति :2017-05-02 04:50:02

हेटौंडा, १९ वैशाख

२०४७ सालमा एमालेको सदस्यता प्राप्त गर्नुभएका महत हाल नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका सचिवालय सदस्य तथा क्षेत्र नं ३ का ईन्चार्ज हुनुहुन्छ ।

उहाँ २०४७ सालदेखि हालसम्म  जिल्ला कमिटी सदस्य रहँदै आउनुभएको छ । हेटौडालाई फराकिलो, हरियाली र सफा शहर बनाउने सपनाका साथ उहाँ चुनावी मैदानमा उत्रनुभएको छ । ‘हेटौडालाई फराकिलो, हरियाली र सुन्दर शहर बनाउने मेरो योजना छ’ उहाँ भन्नुहुन्छ ।

अहिले हेटौडामा भईरहको अव्यबस्थित औद्योगिकीकरणमा उहाँ सन्तुष्ट हुनुहुन्न । ‘ अहिले हेटौडामा औद्योगिकीकरण भईरहेको छ, यसलाई यही गतिले राखेर हुँदैन, तीब्र गतिमा औद्योगिकीकरणमा लैजानु पर्छ ’ महतले भन्नुभयो । महतका अनुसार, यसरी औद्योगिकीकरणबाट हेटौडामा स्वरोजगारी सृजना हुनेछ र यस क्षेत्रमा युवाहरुलाई विदेश पलायन हुनबाट रोकिनेछ ।

यस क्षेत्रमा एमालेका जनाधार बलियो भएको र एमालेका लोकप्रिय कार्यक्रममा जनताको अपार समर्थन रहेकोले एमालेका उम्मेदवारहरुको जीत निश्चित भएको बताउनुहुन्छ ।

प्रस्तुतिः रामकुमार एलन

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula