‘पाँच वर्षभित्र विपन्न र सुकुम्बासीलाई सुविधासम्पन्न घर’

प्रकाशित मिति :2017-05-01 09:28:12

काठमाडौँः नेकपा एमालेले घरबारबिहीन, विपन्न र सुकुम्बासीका लागि पाँच वर्षभित्र सुविधासम्पन्घर उपलब्ध गराइदिने भएको छ ।
आसन्न स्थानीय निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा घरबारबिहीन, सुकुम्बासी, पुर्वहलिया, राउटे र डोमसहितका विपन्न समुदायका परिवारलाई एमालेले पाँच वर्ष भित्र घर उपलब्ध गराउने भएको हो ।
‘घरबारबिहीन सुकुम्बासी, पूर्व कमैया–कमलरी र पूर्व हलिया, लोपोन्मूख जातिका परिवार, मुसहर, चेपाङ, पासी, चमार, डोम, मुसहर, बादी, माझी, राउटे, कुसुण्डा लगायतका विपन्न समुदायका परिवारलाई पाँच वर्षभित्र सुविधासम्पन्न घर उपलब्ध गराइने छ’, एमालेले आफ्नो घोषणापत्रमा भनेको छ ।
एमालेले कृषिको आधुनिकीकरणमा जोड दिँदै ग्रामीण क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएर किसानलाई सम्पन्न बनाउने जनाएको छ ।

‘कृषिको आधुनिकीकरण तथा औद्योगीकरण कार्यक्रम लागू गरिने छ’, घोषणापत्रमा भनिएको छ, ‘एमालेको सरकार बनेको एक वर्षभित्र राष्ट्रव्यापी नापी शुरु गरी भूमिको यथार्थ अभिलेख राखिने छ । वैज्ञानिक भूमिसुधार तथा भूउपयोग नीति एवम् योजनाको आधारमा भूमिको वर्गीकरण गरिने छ ।’

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula