क्षेत्रीय विमानस्थल निर्माण प्राथमिकतामा

प्रकाशित मिति :2017-05-01 09:26:27

एमालेले आगामी दुई वर्षभित्र सञ्चालन हुने गरी भैरहवा विमानस्थल निर्माण सम्पन्न गर्ने जनाएको छ ।
उसले तीन वर्षभित्र सञ्चालन हुने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न गरिनेछ जनाएको छ ।
त्यसैगरी विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलको विस्तार तथा स्तरोन्नति गरी प्रादेशिकस्तरका अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने एमालेको घोषणापत्रमा उल्लेख छ ।
‘तराई, पहाड र हिमाली जिल्लाहरूमा रहेका सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा स्तरोन्नत गरिने छ’, घोषणापत्रमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमलाई व्यवस्थित र स्तरोन्नत गरी आगामी पाँच वर्षभित्र नेपालको आर्थिक र मानवीय सम्बन्ध बढी भएका विश्वका प्रमुख शहरमा सेवा विस्तार गरिने छ ।’

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula