युवालाई देशभित्रै उच्च पारिश्रमिक आधारित रोजगारी

प्रकाशित मिति :2017-05-01 09:11:23


काठमाडौ
नेकपा (एमाले) ले आगामी दस बर्षभित्र ९५ प्रतिशत युवा जनशक्ति शिक्षित हुने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र शिक्षित तथा दक्ष युवालाई देशभित्रै उच्च पारिश्रमिक आधारित रोजगारी सिर्जना गरिने प्रतिवद्धता जनाएको छ । स्थानीय तहको निर्वाचन–२०७४ का लागि एमालेले तयार पारेको घोषणा–पत्रमा ‘नेकपा ९एमाले० को सरकार बनेको तीन बर्षमै ‘एक घरः एक रोजगारी’ सुनिश्चित गरिने, १० बर्षभित्रमा १८ बर्ष पुगेका प्रत्येक नागरिकले रोजगारी पाउने गरी कार्ययोजना सुरु गरिने, प्रत्येक गाउँ÷नगरपालिकामा कृषि, पशुपंछी पालन, फोहरमैला व्यवस्थापन, जैविक उर्जा, घरेलु, लघु घट र मझौला उद्योगहरू, शीत भण्डारहरू सञ्चालनका माध्यमबाट ठूलो मात्रामा रोजगारी एवम् स्वरोजगारी सिर्जना गरिने छ । देशका सबै गाउँ र शहरका सबै टोलहरूमा रहेका बेरोजगार व्यक्तिहरूलाई उत्पादक सहकारीमा आबद्ध गरी स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न प्रेरित गरिने’ उल्लेख छ ।

युवाहरूलाई रूपान्तरणका संबाहक र नेतृत्वका साझेदारको रुपमा विकास गर्दै सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रका समग्र जिम्मेवारी सम्हाल्न युवा नेतृत्व विकास गरिने, उद्यमशीलता वृद्धि गरी युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गरिने प्रतिवद्धता एमालेले जनाएको छ । एमालेले एक प्रदेश एक आधुनिक औद्योगिक क्षेत्र नीति अनुरूप प्रत्येक औद्योगिक क्षेत्रमा दस बर्षभित्रमा एक लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने गरी उद्योगहरू स्थापना गरिने, प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योग ग्राम विकास गरिने प्रतिवद्धता जनाएको छ ।
संविधान प्रदत्त शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य, पिउने पानी, खेलकूद, मनोरन्जन र स्वच्छ वातावरण, सुरक्षा लगायतका मौलिक अधिकारहरू व्यवहारमा कार्यान्वयन गर्ने, औद्योगीकरण र पूर्वाधार निर्माण, सामुहिक तथा उत्पादक सहकारीका माध्यमबाट व्यापक रोजगारी र स्वरोजगारीका अवसरहरू सिर्जना गरिने प्रतिवद्धता पनि एमालेले जनाएको छ । ‘युवाहरूको सिर्जनशीलता, उर्जा र संभावनाको विकासका लागि वातावरण निर्माण गरी हिंसा, दुव्र्यसन र अराजकतामा युवालाई दुरुपयोग गर्ने प्रवृत्तिलाई नियन्त्रित गरिने छ । इन्र्टनशीप प्रणालीद्वारा युवालाई श्रमसँग परिचित गराइने छ । आम युवामा श्रमप्रति आस्था जगाउने र श्रम गर्ने बानीको विकास गराइने छ । स्वयम्सेवा कार्यक्रममार्फत् युवालाई समाजसँग आबद्ध बनाइने छ ।’

प्रत्येक प्रदेशमा २० शिक्षित जनशक्तिलाई रोजगारीका लागि दक्षता प्रदान गर्न अत्याधुनिक प्राविधिक तथा व्यवसायिक आवासीय महाविद्यालयहरू संचालन गरिने एमालेले जनाएको छ । ‘केन्द्रीय स्तरमा राष्ट्रलाई आवश्यक पर्ने विविध विषयका वैज्ञानिकहरू उत्पादन गर्न अत्याधुनिक साधन र स्रोतले सम्पन्न अनुसन्धान केन्द्रहरू स्थापना गरिने छ ।’ घोषणापत्रमा उल्लेख गरिउको छ ‘ प्रत्येक स्थानीय तहका वडाहरूमा श्रमशक्तिका रुपमा विकसित भइरहेका सम्पूर्ण युवायुवतीहरूलाई उनीहरूको रुचि अनुसारको विषयमा दक्षता प्रदान गर्न उच्च माध्यमिक शिक्षा परिषद् ९सीटीइभीटी० बाट मान्यता प्राप्त साधनसम्पन्न तालिम केन्द्र स्थापना गरिने छ । प्रत्येक स्थानीय तहमा सबै जनताले भाग लिन सक्ने गरी रंगशाला, खेलमैदान, युवा क्लब तथा बिचरण पार्कहरु निर्माण गरिने छ ।’

सामाजिक–आर्थिक कारणले पछाडि परेका महिला, दलित, जनजाति, तराईवासी– मधेसी, मुस्लिम, श्रमजीवी, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत एवम् अल्पसङ्ख्यक समुदायका लागि राजनीतिक प्रतिनिधित्व तथा शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष अधिकारको व्यवस्था सुनिश्चित गरिएको र राष्ट्रिय जीवनका सबै क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको हकलाई सुनिश्चित गरिने एमालेको प्रतिवद्धता छ । स्थानीय रुपमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुलाई उपयुक्त रोजगारी वा जीवन निर्वाह भत्ताको व्यवस्था गरिने पनि एमालेले जनाएको छ ।
आगामी ५ वर्षभित्रमा सम्बन्धित गाउँपालिका र महानगर÷ उपमहानगर÷नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खेलकुद, मनोरञ्जन, पर्याप्त स्वच्छ पिउने पानीको सुनिश्चितता हुने गरी आवश्यक पूर्वाधारको विकास गरिसकिने, पाठ्यक्रमलाई स्थानीय उत्पादन, श्रम एवम् स्थानीय अर्थतन्त्र र स्थानीय रोजगारी बृद्धि गर्ने बिषयसँग आबद्ध गरिने एमालेको घोषणापत्रमा उल्लेख छ ।

संविधानले व्यवस्था गरेको तीन खम्बे अर्थनीति अनुरुप सहकारी क्षेत्रलाई आर्थिक समृद्धि, जनताको जीवनस्तर वृद्धि, कृषिको व्यवसायिकरण र रोजगारी अभिवृद्धिको माध्यमका रूपमा अगाडि बढाइने, गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उन्नत गर्न रोजगारी तथा व्यवसायमूलक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिवद्धता पनि एमालेले जनाएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula