हामी आयौं

प्रकाशित मिति :2017-05-01 09:04:42

२०७४ बैशाख १८ गते ।
हामी फेरि आएका छौं ।
प्रविधिले फड्को मारेको छ । मानिसहरुका हात–हातमा मोबाइल छ, इन्टरनेट सम्पर्क छ । सूचनामा समान पहुँच बन्दै गइरहेको छ । यस्तो बेलामा पाठकहरुसँग सम्पर्कमा रहिरहने उत्कृट अभिलाषाले हामीलाई तपाईंहरुसँग पुनः ल्याइपुर्याएको छ ।
मुलुकमा गणतन्त्र आएको छ । नयाँ संविधानले गणतन्त्रलाई मात्र संस्थागत गरेको छैन, सम्भावनाहरुका अनन्त ढोकाहरु खोलेको छ । त्यसमध्येको एक हो– स्थानीय सरकार । त्यसैलाई साकार पार्न स्थानीय तहको निर्वाचन हुँदैछ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने र दैनिक जीवनमा प्रभाव राख्ने यो निर्वाचन नै लोकतन्त्रको आधारभूत कडी हो । त्यसैले भोलिको नेपाल कस्तो बन्छ भन्ने कुरा आजका स्थानीय तहहरु कस्ता बन्छन् भन्ने कुराले निर्धारण गर्दछ । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय निर्वाचन सुनिश्चित गर्दै संविधानले व्यवस्था गरे अनुरुपका तीनै तहका निर्वाचनका लागि दवाव सिर्जना गर्न हामी चुक्ने छैनौँ ।
हाम्रो केन्द्रमा जनता छन्, देश छ, हाम्रो सार्वभौमिकता छ, स्वाभिमान छ, राष्ट्रिय एकता छ, सामाजिक विविधता छ, भौगोलिक अखण्डता छ, स्वतन्त्रता छ र विकासको आकांक्षा छ । यिनै कुरालाई आधारभूत सिद्धान्त बनाएर समाचार, विश्लेषण, विचार, अन्तर्वार्ता आदि प्रस्तुत गर्नेछौँ ।
आशा छ, पाठकहरुको माया, ममता र मार्गदर्शन प्राप्त भइरहनेछ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula