एमाले नेताका कविता

प्रकाशित मिति :2017-05-01 05:16:28

एमाले नेता शंकर पोखरेलले बाबुराम भट्टराईमाथि कविता नै लेखेका छन्।

बाबुराम भट्टराईले दिएको ट्विटर अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै पोखरेलले कविता लेखेका हुन्।

बाबुराम भट्टराईले आफूलाई ठण्डाराम भन्दै ट्विट गरेका थिए।

मध्यरातमा

जनताको सपना भंगगर्दै
घुम्ने मेचमा जम्न खोजेथे
लालध्वज रुपी बाबुराम ।

सितल दरबारबाट
काम चलाउको पत्र थमाउदै
सम्माननीयले बनाए थे
उनैलाई जिल्लाराम ।

काम चलाउको
मोजमा बसेको ठानी
सर्वोच्चका श्रीमानलाई सारेर
आफ्नै अध्यक्षले बनाएथे
उनलाई झल्लुराम ।

विधिको कस्तो बिडम्वना
संविधान बनाउन
अनुभवीको खोजी हुँदा
सबैतिरवाट जिल्लिएका डाक्टरसाप
आफै नै भए रे ठण्डाराम ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula