पोखरा, भरतपुर र हेटौंडामा एमाले उम्मेदवार तय

प्रकाशित मिति :2017-05-01 14:42:21

काठमाडौ

बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले केही महानगर र उपमहानगरपालिकाका उम्मेदवारहरुको टुंगो लगाएको छ । सोमबारको स्थायी समिति बैठकले मातहत कमिटीहरुको सिफारिशसमेतलाई ध्यान दिँदै  पोखरा लेखनाथ महानगरपालिकाका लागि प्रमुखमा मानबहादुर जीसी र उपप्रमुखमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी भरतपुर महानगरपालिकाका लागि प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा दिब्या आचार्यलाई अघि सार्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिकको प्रमुखमा हरिबहादुर महतलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
काठमाडौँ र ललितपुर महानगरपालिका प्रमुख–उपप्रमुख र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखका सन्दर्भमा थप छलफल गरी मंगलबार बिहानसम्ममा टुंगो लगाउने निर्णय भएको बैठकपछि जारी विज्ञीतमा उल्लेख छ ।
बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मंगलबार नै मनोनयन दाखिल गर्नुपर्ने प्रदेश नम्बर ६ का सबै उम्मेदवारहरु यसअघि नै तय भइसकेका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula