कांग्रेस र माओवादीका सांसदले भने–हाम्रो हस्ताक्षर किर्ते भयो

प्रकाशित मिति :2017-05-01 13:49:27

काठमाडौं

प्रधान न्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्तावमा प्रयोग गरिएको आफ्नो हस्ताक्षर किर्ते भएको भन्दै कांग्रेस र माओवादी केन्द्रका केही सांसदले आपत्ति जनाएका छन् । गृहमन्त्रीबाट राजिनामा दिएका कांग्रेस नेता विमलेन्द्र निधीको हस्ताक्षर समेत किर्ते गरिएको उनको सचिवालयले जनाएको छ । निधीले आपत्ति जनाएपछि उनको हस्ताक्षर मेटिएको छ । बिभिन्न प्रयोजनमा गरिएको हस्ताक्षरलाई महाअभियोग प्रस्तावमा दुरुपयोग गरिएको पाइएपछि सत्ताधारी दलमा खैलाबैल मच्चिएको छ ।

यसैबीच माओवादी केन्द्रका सांसद शम्भुलाल श्रेष्ठले आफ्नै पार्टीले हस्ताक्षर किर्ते गरेर फसाएको गुनासो गरेका छन् । उनले भने–यो माओवादी भन्ने पार्टी त पूरै किर्ते रहेछ । बिजुलीको पोल माग्न दिएको निवेदनको हस्ताक्षरलाई महाअभियोग प्रस्तावमा किर्ते गरेर राखेछन् । उनले किर्ते हस्ताक्षर विरुद्ध अदालत जाने चेतावनी समेत दिएका छन् । कांग्रेस सांसद राधेश्याम अधिकारीले पनि आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई जानकारी गराएको स्रोतले जनाएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula