राप्रपाले सरकार छाड्यो, अनैतिकहरुसँग सहकार्य हुन सक्दैनः कमल थापा

प्रकाशित मिति :2017-05-01 13:10:49

बहुसंख्यक नेताहरुको असहमतिका बीच राप्रपा अध्यक्ष कमल थापाले प्रचण्ड नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरेका छन् । सोमवार साँझ सम्पन्न राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता भुवन पाठकले सरकारबाट फिर्ता हुने निर्णय भएको जानकारी दिएका छन् ।

सरकारबाट फिर्ता भए पनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघाउने र पूर्ण रुपमा सहभागी हुने अध्यक्ष थापाले संवाददाताहरुलाई बताए । प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित,अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने जनाएको छ । सरकारमा सहभागी भएको प्रमुख सत्ता घटकलाई समेत थाहा नदिई छापमार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गर्नुले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको उनले बताए ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula