टोकियो १९ जेष्ट । जापान — तनहुँ समाज जापानले आफ्नो दोस्रो अधिवेशन २०२५ जुन १, आइतवारका दिन टोकियोको ओकुवो स्टेशन नजिकै अवस्थित प्याराडाइज रेष्टुराँमा भव्य रूपमा सम्पन्न गरेको छ। सन् २०१८ मा स्थापना भएको समाजले अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै समाजको सशक्त उपस्थितिलाई निरन्तरता दिएको छ।
अधिवेशन विजय थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने त्यसले डा. भोजराज पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिमा दिपक घिमिरे वरिष्ठ उपाध्यक्ष, माधव सिग्देल, पुष्प बानियाँ र शंकर सिग्देल उपाध्यक्ष, धार्मिका घिमिरे महिला उपाध्यक्षका रूपमा चयन भएका छन्।
त्यसैगरी, सचिवमा डा. दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुरेन्द्र सुवेदी, सह-सचिवमा बासुदेव पन्त, सह-कोषाध्यक्षमा शान्ती अधिकारी चयन भएका छन्। सदस्यहरूमा अम्बिका पौडेल, राजु महत, दिल दराइ, सुवास थापा, लक्ष्मण बानियाँ, प्रज्वल तिमल्सिना, शन्त गुरुङ र माया भुजेल रहेका छन्।
समाजका संरक्षकमा राजेन्द्र जमर्कट्टेल र विजय थापा तथा सल्लाहकारहरूमा तारा थापा, पुरुसोत्तम सिग्देल, सुमन भट्टराई र मीन गुरुङ रहने भएका छन्।
अधिवेशनपछिको पहिलो बैठकमा निवर्तमान कार्यसमिताप्रति धन्यवाद ज्ञापन गर्दै आगामी जुलाई १३ मा भानु जयन्ती भव्य रूपमा मनाउने निर्णय गरिएको छ। तनहुँ समाज जापानले आपसी सहयोग, एकता, र नेपाली संस्कृतिको प्रवर्द्धनमा भूमिका खेल्दै आएको जनाएको छ।


