29.1 C
Kathmandu

नेपाल प्रहरीमा सरुवा सुनामी: दिल्ली दूतावासदेखि बुटवल तालिम केन्द्रसम्म हल्लियो नेतृत्व!

Categories:

-

काठमाडौं, १६ जेठ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवपदस्थापित डीआईजी विनोद घिमिरेले सम्हाल्ने भएका छन्। हालसम्म उक्त जिम्मेवारीमा रहेका एसएसपी रमेश थापालाई आईजी सचिवालयमै अन्य भूमिकामा राखिने भएको छ।

पूर्व प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यको गण्डकी प्रदेशमा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी रिक्त थियो। आईजी सचिवालय स्रोतका अनुसार शुक्रबार डीआईजीहरुको पदस्थापनसँगै घिमिरेलाई प्रवक्ता बनाउने निर्णय गरिएको हो।

यता, एसएसपीहरूको सरुवा सूची तयार पार्ने अन्तिम तयारी भइरहेको छ। एसएसपीहरूको सरुवा गृह सचिवस्तरको निर्णयबाट हुने भए पनि गृहमन्त्रीसँगको परामर्शमा टुंगो लगाइने भएकाले आईजी दीपक थापा गृह मन्त्रालय पुगेका थिए।

एसएसपी सरुवा सन्दर्भमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय एक प्रमुख जिम्मेवारी हो, जुन पद हाल डीआईजीमा बढुवा भइसकेका विनोद घिमिरे सम्हाल्दै आएका थिए। नवराज अधिकारी र प्रभुप्रसाद ढकाल उपत्यका ट्राफिक प्रमुखका सम्भावित उम्मेदवारको रूपमा अगाडि आएका छन्।

सरुवा सूचीमा लागुऔषध नियन्त्रण ब्युरो, मानव बेचबिखन अनुसन्धान ब्युरो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा सुरक्षा कार्यालय, लुम्बिनी तालिम केन्द्र बुटवल लगायत युनिटहरूमा नयाँ एसएसपी खटाइने तयारी भएको छ।

त्यस्तै, नेपालगञ्ज, महेन्द्रनगर, धरान, पर्सा जस्ता प्रदेश प्रहरी कार्यालयमा समेत डीआईजी पदस्थापनपछि नयाँ एसएसपी पठाइँदैछ। ओमबहादुर रानाको पदस्थापन टंगालस्थित प्रहरी महाशाखामा टुवाईसीको रूपमा भइसकेको छ।

एक जना एसएसपीलाई भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा काउन्सिलरको जिम्मेवारी दिने तयारी छ भने त्यहाँ रहेका सञ्जीव शर्मा दासलाई अपराध अनुसन्धान निर्देशनालय, प्रधान कार्यालयमा पदस्थापन गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य